काठमाडौँ । यति एयरलाइन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा युवराज विष्ट नियुक्त भएका छन्। कम्पनी व्यवस्थापनले मंगलबारदेखि लागू हुने गरी उनलाई नियुक्त गरेको जनाएको छ। यसअघि उनी कम्पनीको प्रमुख व्यवसाय अधिकृत (सीबीओ) तथा एकाउन्टेबल म्यानेजर थिए।
विष्टले सन् २००९ मा म्यानेजमेन्ट ट्रेनीका रूपमा यतिमा काम सुरु गरेका थिए। कम्पनीभित्र विभिन्न जिम्मेवारी सम्हाल्दै उनी कार्यकारी नेतृत्वमा पुगेका हुन्। प्रमुख व्यवसाय अधिकृतका रूपमा उनको जिम्मेवारी व्यावसायिक रणनीति, व्यवस्थापन र संगठनात्मक विकासमा केन्द्रित थियो।
व्यवस्थापनका अनुसार नयाँ जिम्मेवारीमा विष्टले एयरलाइन्सको समग्र रणनीतिक दिशा, व्यावसायिक सञ्चालन र संस्थागत विकासको नेतृत्व गर्नेछन्। कम्पनीले निवर्तमान सीईओ सुवाष सापकोटालाई बिदाइसमेत गरेको छ।





