२ मंसिर २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हुलाकी सडकले फेरिँदै दुर्गम गाउँको मुहार

अ अ+ अ-

राँझा (बाँके) । हुलाकी सडक निर्माणसँगै बाँकेका दुर्गम गाउँको आवागमन सहज भएको छ । सडक सञ्जाल विस्तार भएपछि राप्ती सोनारी गाउँपालिकाका बैजापुर, बिनौना र फत्तेपुर तथा नरैनापुर क्षेत्रका बासिन्दालाई सदरमुकाम नेपालगञ्ज आउजाउ गर्न सहज भएको छ ।

हुलाकी सडकले राप्ती सोनारीको बैजापुरदेखि नरैनापुरको सुइया बघौडासम्मका क्षेत्रलाई नेपालगञ्जसँग सिधा जोडेको छ । विगतमा दुर्गम मानिने नरैनापुरबाट अहिले आधा घण्टामै नेपालगञ्ज पुग्न सकिने नरैनापुरका स्थानीय अगुवा सोहनलाल यादवले बताए । 

“पहिले भारतको बाटो हुँदै नेपालगञ्ज पुग्नुपर्थ्यो, अहिले आधा घण्टामै पुगिन्छ,” उनले भने, “हुलाकी सडक नरैनापुरवासीका लागि जीवनरेखा बनेको छ ।”

उनका अनुसार बाँकेमा राप्ती सोनारीको फत्तेपुरस्थित कुण्डादेखि बैजापुरको नारायणपुरसम्म २१ किलोमिटर, नेपालगञ्ज-गुलरिया सडकखण्डको २८ किलोमिटर र नेपालगञ्जको पुष्पलाल चोकदेखि पूर्वतर्फ १० किलोमिटर हुलाकी सडक निर्माण भएपछि ग्रामीण क्षेत्रको आवागमन सहज भएको हो ।

हुलाकी सडक निर्माणसँगै राप्ती नदीपारिका बैजापुर, बिनौना र फत्तेपुर क्षेत्रमा आर्थिक तथा व्यावसायिक गतिविधि बढेको राप्ती सोनारी गाउँपालिका-३ का वडाध्यक्ष मीनकुमार चौधरीले बताए। “हुलाकी सडक बनेपछि सोनारी क्षेत्रका जनताले विकासको अनुभूति गर्न पाएका छन् । व्यावसायिक कारोबार बढेको छ,” उनले भने, “मानिसको आवागमन र चहलपहल बढेसँगै घरेलु तथा साना उद्योग र व्यवसाय पनि फस्टाउँदै गएका छन् ।”

सडक निर्माणपछि राप्तीपारिका धार्मिक तथा पर्यटकीयस्थलमा आन्तरिक पर्यटकको आवागमन पनि बढेको उहाँले बताए। बैजापुरस्थित प्रसिद्ध भुवरभवानी मन्दिर, बाबा बर्फानी तथा बिनौनास्थित धुमैया उद्यान र नवनिर्मित राप्ती पुलमा घुम्न जानेको सङ्ख्या बढ्दै गएको उनको भनाइ छ ।

हुलाकी सडकसहितका पूर्वाधार विकासले सोनारी क्षेत्रका बासिन्दाको आर्थिक तथा सामाजिक जीवनस्तरमा सकारात्मक प्रभाव पारेको राप्ती सोनारी-५ बिनौनास्थित भुवरभवानी माध्यमिक विद्यालयका प्राचार्य चेतबहादुर विष्टले बताए।

नेपालगञ्ज-बघौडा हुलाकी सडकसँगै राप्ती सोनारी गाउँपालिका-६ को कुण्डादेखि नारायणपुर हुँदै अगैयामा पूर्व-पश्चिम राजमार्ग जोड्ने सडक विस्तार भएपछि साना तथा ठूला सवारी साधनको आवागमन बढेको उनले बताए। नेपालगञ्जबाट कोहलपुर हुँदै अगैया पुग्ने मुख्य राजमार्गको तुलनामा यो सडक छोटो पर्ने भएकाले सवारी साधनले उक्त मार्ग प्रयोग गर्न थालेका हुन् ।

हुलाकी सडकसहितका पूर्वाधार निर्माणले राप्ती सोनारी क्षेत्रमा व्यावसायिक गतिविधि बढाएको स्थानीय अगुवा जमानसिंह वलीले बताए। सडकले बाँकेका बासिन्दालाई विकासको अनुभूति गराएको उनको भनाइ छ । 

0 Comments