३ मंसिर २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दसौँ राष्ट्रिय खेलकुदमा १ हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने

अ अ+ अ-

काठमाडौँ । कर्णाली प्रदेशमा आयोजना हुने दसौँ राष्ट्रिय खेलकुदमा १ हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बिहीबार पत्रकार सम्मेलन गरी ३२ खेलका ३८४ स्पर्धामा ३८४ स्वर्ण, ३८४ रजत र ५६९ कांस्य पदकका लागि प्रतिस्पर्धा हुने जानकारी दिएको हो।

प्रतियोगिता मंसिर १६ देखि २७ गतेसम्म सञ्चालन हुनेछ। केही खेल भने औपचारिक उद्घाटनअघि नै मंसिर ८ गतेदेखि सुरु हुनेछन्। उद्घाटन र समापन दुवै समारोह सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा हुनेछन्।

सात प्रदेश, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपीएफ) र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टोली प्रतियोगितामा सहभागी हुनेछन्। राखेपका अनुसार प्रत्येक टोलीमा ३१४ महिला र ३४६ पुरुष गरी ६६० खेलाडी रहनेछन्। हरेक टोलीबाट ८१ प्रशिक्षक र ४१ व्यवस्थापक पनि सहभागी हुनेछन्।

सबैभन्दा धेरै २३ खेल सुर्खेतमा हुनेछन्। नेपालगन्ज, बर्दिया र सल्यानमा दुई–दुई तथा दैलेख, कालीकोट र रुकुम पश्चिममा एक–एक खेल सञ्चालन हुनेछन्। प्रतियोगितामा २५८ अन्तर्राष्ट्रिय र ७७२ राष्ट्रिय गरी १ हजार ३० निर्णायक खटिनेछन्। खेल संघका ९६ प्रतिनिधि पनि सहभागी हुनेछन्।

राखेपले यसपटक रजत र कांस्य पदक विजेतालाई पनि पहिलो पटक नगद पुरस्कार दिने जनाएको छ। व्यक्तिगत स्पर्धामा स्वर्ण विजेताले २० हजार, रजत विजेताले १५ हजार र कांस्य विजेताले ८ हजार रुपैयाँ पाउनेछन्। टोलीगत स्पर्धामा स्वर्ण, रजत र कांस्य विजेताका लागि क्रमशः १५ हजार, १० हजार र ८ हजार रुपैयाँ पुरस्कार तोकिएको छ।

पटक-पटक सर्दै आएको प्रतियोगिताको मिति पछिल्लो पटक २०८३ साउन २८ गते बसेको राखेपको १२५औँ बोर्ड बैठकले तय गरेको थियो।

0 Comments