४ मंसिर २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सात वर्षमा पनि बनेन मुस्ताङको लेते-धम्पु पुलु

अ अ+ अ-

मुस्ताङ । मुस्ताङको थासाङ गाउँपालिकाका तीन वडा जोड्ने कालीगण्डकी नदीमाथिको लेते–धम्पु मोटरेबल पुल निर्माण सात वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन । निर्माणमा चरम ढिलासुस्ती हुँदा पुल पछिल्लो १० महिनादेखि अलपत्र परेको छ ।

गण्डकी प्रदेश सरकारको पूर्वाधार विकास मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालय मुस्ताङमार्फत निर्माण भइरहेको उक्त पुल थासाङ गाउँपालिकाका वडा नं २, ३ र ५ जोड्ने गरी निर्माण गर्न लागिएको हो । पुलले बेनी-जोमसोम सडकसँगै कालीगण्डकी नदीपारिका धप्पु, सिर्खुम, सौरु, टिटी, कुञ्जो र ताक्लुङलगायत गाउँलाई ग्रामीण सडक सञ्जालसँग जोड्नेछ ।

पुल निर्माणका लागि विसं २०७६ फागुन २९ गते देव एण्ड सायर कन्स्ट्रक्सनसँग रु पाँच करोड पाँच लाखमा ठेक्का सम्झौता भएको थियो । हालसम्म पाँच पटक म्याद थप गरिए पनि निर्माण सम्पन्न हुन सकेको छैन ।

पूर्वाधार विकास कार्यालयका प्रमुख रविन चोख्यालका अनुसार सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १२० (क) को उपनियम ३ बमोजिम पुल निर्माणको पछिल्लो म्याद चालु आर्थिक वर्षको असार मसान्तसम्म कायम गरिएको छ । पुलको हालसम्म ७७ प्रतिशत भौतिक र ७४ प्रतिशत वित्तीय प्रगति भएको उनले जानकारी दिए।

कालीगण्डकी नदीमाथि निर्माणाधीन पुलको लम्बाइ ३५ मिटर र फुटपाथसहित चौडाइ आठ दशमलव चार मिटर छ । ठेक्का पाएको निर्माण कम्पनीले सहायक निर्माण कम्पनी (पेटी ठेकेदार) मार्फत काम गराउँदै आएको छ । निर्माण कम्पनीलाई पटकपटक काम अघि बढाउन ताकेता गरिए पनि सहायक ठेकेदारका प्रतिनिधिको बेवास्ता र ढिलासुस्तीका कारण निर्माण रोकिएको प्रमुख चोख्यालले बताए । 

उनका अनुसार पुल निर्माण कम्पनीका प्रतिनिधि र सरोकारवालालाई सहभागी गराएर निर्माण सम्पन्न गर्ने प्रतिबद्धता सुनिश्चित गर्न बैठकको तयारी भइरहेको छ ।

पुलका दुवैतर्फका एबुटमेन्टको क्याप लेभलसम्मको काम सम्पन्न भएको छ । अब स्ल्याब ढलान, एप्रोज सडक, पुलसँग सम्बन्धित अन्य संरचनात्मक काम, फिनिसिङ तथा सहायक काम पूरा गरी पुल सञ्चालनयोग्य बनाएर हस्तान्तरण गर्न बाँकी रहेको कार्यालय प्रमुख चोख्यालले जानकारी दिए ।

कालीगण्डकी नदीपारिका गाउँलाई जोड्नेगरी संघीय सरकारअन्तर्गत डिभिजन सडक कार्यालय बागलुङमार्फत कालोपत्र सडक निर्माण भने सम्पन्न भइसकेको छ ।

स्थानीय नवीन शेरचनले पुल निर्माणमा भइरहेको ढिलाइ दुर्भाग्यपूर्ण भएको बताए। निर्माण कम्पनीले तदारुकता देखाएको भए चार वर्षअघि नै पुल निर्माण सम्पन्न भइसक्ने उनको भनाइ छ ।

पुल निर्माण सम्पन्न भएमा थासाङ गाउँपालिकाका तीन वडाका बासिन्दालाई मुख्य राजमार्गसम्म आवतजावत गर्न सहज हुनुका साथै कृषि उपजको बजारीकरण, विकास निर्माण र पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

0 Comments