४ मंसिर २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चाँगुनारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो

अ अ+ अ-

भक्तपुर । नेपालकै सबैभन्दा पुरानो प्राचीन धरोहरका रूपमा परिचित लिच्छवीकालीन ऐतिहासिक भक्तपुरको चाँगुनारायण मन्दिरमा हरिबोधिनी एकादशीका दिन आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । 

अठार सय वर्ष पुरानो चाँगुनारायण मन्दिरका मूल पुजारी चक्रधरानन्द राजोपाध्यायले उपत्यकाका चार नारायणमध्येको जेठो नारायणका रूपमा मानिँदै आएको नगरपालिका-४ स्थित विश्वसम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिरमा आज बिहान २:०० बजेदेखि नै  दर्शनार्थीहरुको घुइँचो लागेको बताए। 

पुजारी राजोपाध्यायले चार नारायणको दर्शन गर्दा जेठो नारायणका रूपमा पुजिने चाँगुनारायणको पहिलो दर्शन गर्नसके उत्तम हुने मान्यता रहेको र चार नारायण जान नसक्नेले चाँगुनारायणको मात्रै दर्शन गर्दा पनि पुण्य प्राप्त हुने मान्यता रहेको बताए।

धार्मिक मान्यताअनुसार सृष्टिकालमा मधु र कैटभ नामक दुई दैत्यसँग युद्ध गरी विजयी प्राप्त पछि थकित हुनुभएका भगवान् विष्णुले आषाढ शुक्ल एकादशीका दिन क्षीरसागरमा शयन गरेको दिनलाई हरिशयनी एकादशी भनिने र त्यसको ठीक चार महिनापछि भगवान् विष्णु पुन:जागा हुने भएकाले आजको दिनलाई हरिबोधिनी अर्थात् ‘हरि जागरण’को प्रतीकका रूपमा मानिने परम्परा रहँदै आएको पुजारी राजोपाध्यायले जानकारी दिए। आजका दिन नारायण शयनबाट जागा हुने भएकाले यस दिन चाँगुनारायणमा दर्शन गर्दा भगवान्को नजर पर्ने र आर्सीवाद प्राप्त हुने जनविश्वास रहेको उनले बताए।

मन्दिरमा आन्तरिक तथा बाह्य पर्यटक र दर्शनार्थीको आगमनमा वृद्धि गर्न नगरपालिकाले यस वर्ष मेलालाई विशेष बनाएको नगरप्रमुख जीवन खत्रीले जानकारी दिए। मन्दिरमा सयपत्री फूलको मालाहरुले सिँगारिनुका साथै रात्रिककालीन प्रहरका लागि झिलीमिली बत्तीले निकै रौनक दिएको उनले बताए । उनले मेलाका लागि स्वयंसेवक र सुरक्षाकर्मी परिचालन गरी व्यवस्थित बनाइएको बताए । 

नगर प्रमुख खत्रीले मन्दिर आउने दर्शनार्थीलाई भक्तपुर नगरपालिकाको देकोचा र व्यासी, चाँगुनारायण नगरपालिकाको तेलकोट, दुवाकोट, काठमाडौँ मूलपानीलगायत पाँच वटा नाकाबाट मन्दिर आउन सक्ने गरी सडकको व्यवस्थापन गर्नुका साथै ट्राफिक व्यवस्थापनका लागि प्रहरीसँग समन्वय गरिएको बताए। 

नगर प्रमुख खत्रीले भने, “चाँगुनारायण नगरपालिकाभित्रको यस मन्दिर ऐतिहासिक धरोहर हो, चाँगुनारायण मन्दिरका प्रचारप्रसार गरी विश्वभर यसको महत्त्व र महिमा पुर्‍याउन नगरपालिका लागिरहेको छ, चाँगुनारायणमा आन्तरिक तथा बाह्य पर्यटकको आगमनलाई वृद्धि गर्दै विश्वभर प्रचार गर्ने अभियान जारी छ ।”

चाँगुनारायण नगरपालिकाले सहज दर्शन र पूजा गर्ने व्यवस्था गर्न मन्दिरमा स्वयंसेवक एवं स्काउट, नगर प्रहरी र प्रहरी परिचालन गरिएको छ । उनले मन्दिरमा लाइन व्यवस्थापन गर्न डोरी लागेर मिलाइएको र लाइन बसेका भक्तजनलाई सहज एवं छिटो दर्शन गर्ने व्यवस्था गरिएको बताउँदै बिहान ४:०० बजेदेखि नै नगरपालिकाको टोली मन्दिरको मेला व्यवस्थापनमा खटिएको बताए ।

आजका दिनमा चार नारायणको दर्शन गरेमा पुण्य प्राप्त हुने र चिताएको फल प्राप्त हुने जनविश्वास रहेकाले भक्तजनले भक्तपुरको चाँगुनारायण, काठमाडौँको शेषनारायण, इचङ्गकुनारायण र ललितपुरको विशङ्खुनारायणको दर्शन गर्ने परम्परा रहेको छ । हरिशयनी एकादशीका दिन घरघरमा रोपेको तुलसीको मठलाई सिँगारेर पूजा गरी माला लगाई तुलसीको दामोदरसँग विवाह गराउने परम्परा रहेको छ । आजको दिनमा व्रत बस्ने र चामलको परिकार खान नहुने परम्पराअनुसार पिँडालु र सख्खरखण्डको परिकार खाने चलन छ ।

0 Comments