५ मंसिर २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तरकारी खेतीबाट वीरबहादुरको वार्षिक २५ लाख आम्दानी 

अ अ+ अ-

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेलाका वीरबहादुर खड्का एक दशकदेखि तरकारी खेती गर्दै आएका छन् । उनले सुरुआतमा रु ५०० लगानीमा एक कट्ठा जग्गामा तरकारी खेती गरे । उक्त तरकारी खेती बिक्रीबाट रु दश हजार आम्दानी भएपछि खड्काले तरकारी खेती बढाउँदै लगे। 

तरकारी खेतीबाट मनग्य आम्दानी हुन थालेपछि खड्काले खेती विस्तार गर्दै हाल तीन बिघा जग्गामा तरकारी खेती उत्पादन गर्दै आएका छन् । विसं २०७२ देखि व्यावसायिक रूपमा तरकारी खेतीमा लागेका उनले धान गहुँको भन्दा तीन गुणा बढीसम्म फाइदा हुने भएपछि तरकारी खेतीमा लागेको बताए। 

“एक कट्ठादेखि सुरुआत गरेको खेती बढाउँदै लगेको थिए, त्यसपछि कोरोना महामारी आयो”, खड्काले भने, “कोरोनाको कारण रोजगारीका लागि भारतमा रहेका दुई छोरा घरमा फर्किए, त्यसपछि तरकारी खेती बढाउँदै लग्यौँ ।” 

खड्काले हाल तीन बिघा जग्गामा तरकारी खेती गर्दै आएका छन् । तरकारी खेतीबाट हुने आम्दानीले घरखर्चसँगै छोराछोरीको पठनपाठनको खर्चसमेत चलेको उनले बताए। 

“सागसब्जी बिक्रीबाट सबै खर्च कटाएर वार्षिक रु २५ लाखसम्म आम्दानी हुने गरेको छ”, खड्काले भने, “यसकै आम्दानीले रु २० लाख लगानी गरेर छोरा विदेश पठाए, घर बनाए । पहिला साइकलमा सागसब्जी बजार लग्थे, अहिले तीन मोटरसाइकल जोडेको छु, ५० प्रतिशत अनुदानमा अटोरिक्सासमेत जाडेको छु ।” 

दुई जनालाई रु १५ हजार महिनाको तलब दिने गरी तथा ज्यालादारीमा करिब १०० जनाले वर्षभरिमा रोजगारी पाउने गरेका खड्काले बताए। बिक्रीका लागि बजारको समस्या नभए पनि खुला सीमानाकाका कारण भारतबाट आउने सागसब्जीले भनेअनुसारको मूल्य नपाइने उनको भनाइ छ । 

“भारतबाट आयात हुने सागसब्जीका कारण हामीले उत्पादन गरेको सागसब्जीको सोचेजस्तो मूल्य पाइँदैन”, खड्काले भने, “हाम्रो लागत बढी हुन्छ, सस्तोमा तरकारी बिक्री गर्नुपर्ने बाध्यता छ ।” 

खड्काले काउली, बन्दा ब्रो–काउली,आलु, प्याज, भन्टा, खुर्सानीलगायत सागसब्जी उत्पादन गर्ने गरेको बताए । “सिजनमा भन्दा पनि अफ सिजनमा सागसब्जी फलाउन सके पर्याप्त आम्दानी हुन्छ”, खड्काले भने, “सरकारले खेतीको बिमाको सुविधा दिएको भए राम्रो हुन्थ्यो ।”

0 Comments