९ मंसिर २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हर्मुजमा दुई अमेरिकी ड्रोन खसालेको इरानको दाबी

अ अ+ अ-

तेहरान । इरानले हर्मुज जलघाँटीमा आफ्नो हवाई रक्षा प्रणाली प्रयोग गरी अमेरिकी सेनाका दुई मानवरहित विमान(ड्रोन) खसालेको दाबी गरेको छ । इरानी सेनाका अनुसार एमक्यू–९ ड्रोनलाई जलमार्गको पूर्वी र लुकास आत्मघाती ड्रोनलाई पश्चिमी क्षेत्रमा नष्ट गरिएको हो ।

अमेरिकाको सैन्य उपस्थितिको विरोध र इरानमाथि थपिएका आर्थिक प्रतिबन्धका कारण दुई देशबीच तनाव बढिरहेका बेला इरानले यस्तो दाबी गरेको हो ।

यसैबीच, इरानी सांसद इब्राहिम अजिजीले प्रतिबन्ध र अवरोधको युग समाप्त हुँदै गएको तथा नयाँ विश्व व्यवस्था स्थापित भइरहेको दाबी गरेका छन् । त्यस्तै, सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मेजर जनरल मोहसेन रेजाईले इरानमाथि नौसैनिक नाकाबन्दी लगाउने प्रयास नगर्न अमेरिकालाई चेतावनी दिँदै आफ्नो सेना कुनै पनि नाकाबन्दी वा सैन्य आक्रमणको सामना गर्न तयार रहेको बताएका छन् । 

यसअघि अमेरिकी अर्थ मन्त्रालयले ‘अपरेसन इकोनोमिक आउटकास्ट’ अन्तर्गत दुई दर्जनभन्दा बढी इरानी मुद्रा विनिमय केन्द्र, अगाडि राखिएका कम्पनी र वित्तीय कारोबारमा संलग्न व्यक्तिमाथि प्रतिबन्ध लगाएको थियो । इरानको अनौपचारिक बैंकिङ सञ्जाल कमजोर पार्ने र विदेशी मुद्रा प्राप्त गर्ने पहुँच सीमित गर्ने उद्देश्यले उक्त कदम चालिएको मन्त्रालयले जनाएको छ ।

यसअघि नोभेम्बर १४ मा इरानले केशम टापुमा अमेरिकी एमक्यू–१ ड्रोन नष्ट गरेको दाबी गरेको थियो । इरानी अधिकारीहरूले हर्मुजको प्रतिबन्धित क्षेत्रमा प्रवेश गरेका केही जहाज समुद्री बारुदी सुरुङमा परेको र तेल ट्याङ्करमा आगलागी भएको आरोपसमेत लगाएका छन् ।

0 Comments