१२ मंसिर २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहआयोजक कर्णाली महिला बास्केटबलमा स्वर्णनजिक

अ अ+ अ-

काठमाडौँ । सोनी वाइबाको प्रदर्शन प्रेरित एपिएफले दसौँ राष्ट्रिय खेलकुदको महिला बास्केटबल (फुल कोर्ट) मा स्वर्ण पदकका लागि त्रिभुवन आर्मी क्लबसँग प्रतिष्पर्धा गर्ने भएको छ ।

वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशाला हातामा शनिबार सम्पन्न सेमिफाइनलमा एपिएफले सुदूरपश्चिम प्रदेशमाथि जित रच्दा सोनीले उत्कृष्ट प्रदर्शन गरिन् । एपिएफले सुदूरपश्चिमलाई ७४–१२ ले हरायो । सोनीले सर्वाधिक १७ अंक जोडिन् । एपिएफले पहिलो क्वार्टरमा १६–१ को अग्रता बनाएको थियो । एपिएफले अन्तिमसम्म अग्रता जोगाउँदै फराकिलो जित रच्यो । 

एपिएफले दोस्रो क्वाटरमा २३–२, तेस्रोमा २०–६ र चौथोमा १५–३ स्कोरले सहजै आफ्नो पक्षमा राख्यो । यससँगै एपिएफले फराकिलो अन्तरको जित निकाल्दै स्वर्ण पदकको प्रतिस्पर्धा तय गरेको हो । अर्को सेमिफाइनलमा आर्मीले पुलिसलाई ४४–२८ ले पराजित गर्‍यो । आर्मीको जितमा अनिशाले सर्वाधिक १३ अंक योगदान गरिन् । 

पुलिसले पहिलो र तेस्रो क्वार्टरमा चुनौती दिँदा चौथो क्वार्टरमा खेल आफ्नो पक्षमा राख्यो । तर त्यो प्रदर्शन जितका लागि पर्याप्त भने भएन । पहिलो तीन क्वाटरमा आर्मीले क्रमशः ९–६, १९–७ र ८–६ को अग्रता लियो । तर चौथो क्वाटरमा पुलिसले ९–८ ले आफ्नो पक्षमा पार्‍यो । यद्यपि जितका लागि पर्याप्त भएन । महिलाकै थ्री अन थ्रीमा सहआयोजक कर्णाली प्रदेश स्वर्णको प्रतिस्पर्धामा पुगेको छ । अब कर्णालीले स्वर्णका लागि त्रिभुवन आर्मीको चुनौती पार गर्नु पर्नेछ । कर्णालीले विभागीय टोली एपिएफको चुनौती ११–१० ले पार गर्दै फाइनलमा स्थान बनाएको हो ।

कर्णालीकी एन्जल गुप्ताले ५ स्कोर गरिन् । आर्मीले वागमती प्रदेशको चुनौती १५–४ ले पन्छायो । आर्मीकी दिब्यान्शा कार्कीले ७ अंक जोडिन् । दुवै विधाको फाइनल आइतबार हुनेछ । आगामी मंसिर १५ गतेदेखि पुरुषतर्फ बास्केटबलको प्रतिष्पर्धा सुरु हुनेछन् । 

0 Comments