२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भरतपुर र जापानको योकोसु नगरबीच भगिनी सम्बन्ध हुने

अ+ अ-

चितवन । जापानको योकोसुका नगरको प्रतिनिधिमण्डललाई आज भरतपुर महानगरपालिकामा स्वागत गरिएको छ ।

महानगरपालिकासँग भगिनी सम्बन्ध कायम गर्ने गृहकार्यस्वरुप जापानको योकोसुका नगरको प्रतिनिधिमण्डल भरतपुर आइपुगेको हो ।

जापानी प्रतिनिधिमण्डललाई स्वागत गर्दै महानगरपालिका उप–प्रमुख पार्वती शाह ठकुरीले जापानको समृद्ध शहरले भरतपुरसँग भगिनी सम्बन्ध कायम गर्न आवश्यक प्रक्रिया पूरा गरी छिट्टै योकोसु नगरलाई जानकारी दिइने बताए ।

कार्यक्रममा जापानी प्रतिनिधिमण्डलका प्रमुख योचिमी योटिकाले योकोसु नगर भरतपुर महानगरपालिकासँग भगिनी सम्बन्ध कायम गर्न इच्छुक रहेको भन्दै अवलोकनपछि जापान गएर आवश्यक प्रक्रिया पूरा गरी छिट्टै दुई पक्षीय सम्झौता गरिने बताए ।

कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले भगिनी सम्बन्ध कायम गर्न ‘एमओयु’ तयारीका लागि आएको जापानको योकोसुका नगरको प्रतिनिधिमण्डललाई महानगरपालिकाका बारेमा जानकारी दिएका थिए ।

कार्यक्रममा सांसद कृष्णभक्त पाखरेलले जापान सरकारले नेपालको विकासमा ठूलो योगदान पु¥याएको बताउँदै भगिनी सम्बन्ध विस्तारले दुई नगरवासीबीच सुमधुर सम्बन्ध कायम गर्न मद्दत पुग्ने बताएका थिए ।

ओमिची योटुकाको नेतृत्वमा आएको सात सदस्यीय प्रतिनिधिमण्डल भरतपुर महानगरपालिकाको मुख्य पर्यटकीय केन्द्र मेघौली, पटिहानी क्षेत्रको अवलोकन गरी बुधबार काठमाडौँ फर्कनेछ ।