२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निजी क्षेत्रसँग सहकार्यविना विकास र समृद्धि असम्भव : मुख्यमन्त्री राई

अ+ अ-

बनियानी । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले निजी क्षेत्रसँगको सहकार्यविना मुलुक समृद्ध बन्न नसक्ने बताएका छन् ।

झापाको बिर्तामोडमा आज आयोजित ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव’को उद्घाटन गर्दै मुख्यमन्त्री राईले भने, ‘अर्थतन्त्रको तीन खम्बामध्ये निजी क्षेत्र महत्वपूर्ण हो, निजी क्षेत्रसँग सहकार्य नगरी मुलुकको आर्थिक विकास सम्भव छैन ।’

निजी क्षेत्रलाई सहकार्यका लागि प्रदेश सरकारले पहिलो नीति तथा कार्यक्रममै आह्वान गरेको उनले बताए । समृद्धिको यात्रामा सहकार्यका लागि निजी क्षेत्रलाई प्रदेश सरकारले लगानीको वातावरण निर्माण र सेवा सुविधा दिन कुनै कसर बाँकी नराख्ने मुख्यमन्त्री राईको भनाइ थियो । ‘ढुक्क र उच्च मनोबलका साथ सरकारसँग सहकार्य गर्न म निजी क्षेत्रलाई आह्वान गर्छु’, उनले भने, ‘सरकारले निजी क्षेत्रलाई प्राथमिकता दिएको छ ।’

‘समृद्ध नेपाल र सुखी नेपाली’को नारालाई औपचारिकतामा परिणत गर्न सबै पक्षको सहयोग आवश्यक रहेको उनले उल्लेख गरे । मुलुकले लामो राजनीतिक आन्दोलनको कालखण्ड पूरा गरिसकेकाले अब आर्थिक क्रान्तिको पालो भएको राईले बताए ।

प्रदेश नं १ का आन्तरिक तथा कानूनमन्त्री हिक्मत कार्कीले प्रदेश सरकारले ताप्लेजुङको ओलाङ्चुङगोलादेखि झापाको कचनकवलसम्म सडक खन्ने कामलाई तीव्रता दिएको बताए । ‘बङ्गलादेश, भारत लगायतका देशसँग व्यापार गर्न सहयोग पुग्नेछ,’उनले भने । सो अवसरमा भद्रपुर विमानस्थलका प्रमुख पूर्णप्रसाद चुँडाल, शारीरिक सुगठनका खेलाडी राम दाहाल, तेक्वान्दो खेलाडी दीपेन धिमाल तथा याङ्किला राईलाई सम्मान गरिएको थियो ।

आजदेखि शुरु भएको महोत्सव माघ २३ गतेसम्म चल्नेछ । महोत्सवमा मुलुकका विभिन्न स्थानका उत्पादनका साथै भारत, बङ्गालादेश र पाकिस्तानका उत्पादनका २२० कक्ष राखिएको छ ।