२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामुदायिक विद्यालयमा पूर्वाधारको अभाव

अ+ अ-

काठमाडौं । नेपालका सार्वजनिक विद्यालय भौतिक पूर्वाधारको अभावसहित विभिन्न समस्या भोगिरहेकाले उत्कृष्ट गुणस्तरको शिक्षा दिन नसकिरहेको शिक्षाविद्हरुको धारणा रहेको छ ।

धनकुटाको मुगा गाविसमा अवस्थित राम माविको ७२औँ वार्षिकोत्सवमा उनीहरुले नेपालका सामुदायिक विद्यालयमा स्रोत साधनको कमी, विद्यालयमा राजनीति हुने, झण्डै एक घण्टा हिँडेर विद्यालय पुग्नुपर्ने बाध्यता रहेको बताए ।

विसं २००४ मा निम्न माविको रुपमा स्थापना भएको सो विद्यालयमा माध्यमिक हुँदै माध्यमिक विद्यालयको स्वीकृति प्राप्त गरेको थियो विसं २०६५ देखि सो विद्यालयले उच्च माध्यमिक विद्यालय तहको हेल्थ एजुकेशनको कक्षा सञ्चालन गर्दै आएको छ । एउटा पक्की भवनसहित १० वटा कच्ची भवन रहेको सो विद्यालयमा २०६५ सालको एसएलसीमा ३३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको थियो ।

विद्यालय व्यवस्थापन समितिका मानार्थ अध्यक्ष अजितनारायण थापाले नेपालका सामुदायिक विद्यालय पूर्वाधारको कमीबाट ग्रष्ट रहेको बताउँदै विद्यालयको विकासका लागि पूर्वाधार पर्याप्त हुनुपर्ने, स्रोतसाधन सम्पन्न हुनुपर्ने विचार व्यक्त गरे ।

विद्यालयका पूर्व प्रधानअध्यापक चिरञ्जीवी घिमिरेले स्रोत साधनको कमी भएपनि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको विचार व्यक्त गरे । विद्यालय व्यवस्थापन समितिका सदस्य सुरजनारायण सिंह थापा, वरिष्ठ शिक्षाविद् इन्द्र थापा, २८ वर्षसम्म शिक्षकको रुपमा रहेका रामकुमार शाह, प्रअ चन्द्रकुमार राईलगायतका वक्ताले गाउँमा स्थानीय बासिन्दा पलायन भएकाले जनघनत्व घट्दै गएकाले विद्यालयको विद्यार्थी घ्टन सक्ने भन्दै चिन्ता व्यक्त गरे ।