७ मंसिर २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ-भैरहवा-लखनउ हवाई मार्ग दुईतर्फी बनाउन नेपाल-भारत सहमत

एक दशकभन्दा लामो समयदेखि थप हवाई प्रवेशमार्ग माग गर्दै आएको नेपालसँग बी-३४५ रुट सञ्चालनको ढाँचा तय गर्न भारत सहमत भएको छ।

अ अ+ अ-

काठमाडौँ । नेपाल र भारतबीच काठमाडौँ-भैरहवा-लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउने सहमति भएको छ। प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा भएको द्विपक्षीय वार्तापछि जारी संयुक्त वक्तव्यमा हाल एकतर्फी रहेको बी-३४५ हवाई मार्ग दुईतर्फी सञ्चालन गर्ने विषय समेटिएको हो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सोमबार भएको वार्तापछि सार्वजनिक २४ बुँदे संयुक्त वक्तव्यको आठौँ बुँदामा हवाई मार्ग सञ्चालनसम्बन्धी सहमति उल्लेख छ।

सहमतिअनुसार बी-३४५ मार्ग दुईतर्फी बनाउने विषयमा दुवै देशका प्राविधिक अधिकारीबीच थप परामर्श हुनेछ। त्यसक्रममा सञ्चालनको विस्तृत ढाँचा निर्धारण गर्नुका साथै छलफलमा रहेका अन्य नागरिक उड्डयनसम्बन्धी प्रस्तावहरूबारे पनि टुङ्गो लगाउने प्रयास गरिनेछ।

प्रधानमन्त्रीहरूको संयुक्त पत्रकार सम्मेलनमा हवाई मार्गसम्बन्धी सहमतिको चर्चा नभए पनि त्यसपछि सार्वजनिक संयुक्त वक्तव्यमा यो विषय समावेश गरिएको हो।

नेपालले एक दशकभन्दा लामो समयदेखि भारतसँग अन्तर्राष्ट्रिय उडानका लागि थप हवाई प्रवेशमार्ग माग गर्दै आएको थियो। विशेष गरी भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सञ्चालन सहज बनाउन भारतीय आकाश हुँदै थप प्रवेशमार्ग आवश्यक रहेको नेपाली पक्षको धारणा रहँदै आएको थियो।

हाल उपलब्ध सीमित हवाई प्रवेशमार्गका कारण अन्तर्राष्ट्रिय उडान सञ्चालनमा कठिनाइ भइरहेको सन्दर्भमा दुई देशबीच भएको सहमतिलाई महत्त्वका साथ हेरिएको छ।

यसअघि नेपालले थप हवाई मार्गका लागि पटक–पटक भारतसँग छलफल गर्दै आएको थियो। विशेष गरी हवाई मार्गको प्राविधिक पक्ष, उडान सुरक्षा र हवाई क्षेत्र व्यवस्थापनका विषयमा दुई देशबीच सहमति जुट्न बाँकी थियो।

भारतीय पक्षले पश्चिम बंगालस्थित बागडोग्रा विमानस्थलका लागि नेपालसँग हवाई मार्गको सुविधा मागेको विषयसमेत छलफलमा रहेको छ। 

भैरहवाको हवाई मार्ग दुईतर्फी बनाउने सहमतिपछि अन्तर्राष्ट्रिय विमान कम्पनीलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सञ्चालन गर्न थप सहज हुने अपेक्षा गरिएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनका लागि पनि थप प्रवेशमार्ग उपलब्ध गराउनुपर्ने विषय नेपाली पक्षले उठाउँदै आएको छ।

यद्यपि, दुईतर्फी उडान सञ्चालनको प्राविधिक ढाँचा निर्धारण गर्न बाँकी रहेकाले सहमतिलाई तत्काल नयाँ हवाई मार्ग सञ्चालनको अनुमतिका रूपमा बुझ्न मिल्दैन। सम्बन्धित प्राविधिक परामर्शबाट सञ्चालनको प्रक्रिया र अन्य आवश्यक व्यवस्था टुङ्ग्याइनेछ।

यसअघि नेपालका विभिन्न प्रधानमन्त्रीको भारत भ्रमणमा अतिरिक्त हवाई प्रवेशमार्गको विषय उठ्दै आएको थियो। सोमबारको सहमतिले लामो समयदेखि छलफलमा रहेको बी-३४५ हवाई मार्गलाई दुईतर्फी बनाउने विषयलाई औपचारिक रूपमा अघि बढाएको छ।

0 Comments