२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

२५ हजार जुम्ली शब्दकोश तयार

अ+ अ-

खलङ्गा । नेपाली खस भाषाको बृहत् जुम्ली शब्दकोश लेखन कार्य भइरहेको छ । करीब हजार पृष्ठ लामो शब्दकोशका लागि अहिलेसम्म २५ हजार शब्द सङ्कलन भएको सम्पादक रमानन्द आचार्यले जानकारी दिए ।

बहत्तर वर्षीय भाषाविद् तथा लेखक आचार्यद्वारा शब्दकोशको लेखन कार्य भइरहेको छ । पुस्तकले बढीभन्दा बढी ‘खसिया आखर’ शब्दलाई लक्ष्य बनाएको उनले बताए । तत्कालीन जिल्ला विकास समिति र लेखक रमानन्द आचार्यसहित जुम्ली अगुवाको पहलमा वि सं २०६५ देखि शब्दकोश लेख्न शुरु गरिएको थियो । सम्पादक आचार्यको दैनिकी आधा घण्टाको बाटो हिँडेर कार्यालय पुग्छन् ।

बिहान घरमा खाएको खानाकै भरमा दिनभर व्यस्त रहने गरेको एक दशक भयो । आफू बाँचुञ्जेल आफ्नै हातबाट शब्दकोश प्रकाशन गर्ने चाहना रहेको उनको भनाइ छ ।

आर्थिक अभावले समस्या

शब्दकोश अहिले आर्थिक अभावकै कारण सुस्त गतिमा लेखन हुँदैछ । ‘बजेट नहुँदा शब्द नै सङ्कलन गर्न सकिएको छैन, भएका शब्द पनि कम्प्युटर टाइपिङ भएका छैनन्’, सम्पादक आचार्यले गुनासो गरे,’म एक्लैले शब्द खोज्नु कि शब्द अथ्र्याउनु ।’ निःशुल्क सहयोग गर्ने कोही नभएको उनले बताए ।

जुम्लाको सिञ्जा उपत्यकाबाट उत्पत्ति भएको लोपोन्मुख खस नेपाली भाषा तथा नेपाली भाषाको संरक्षण गर्न शब्दकोशको तयारी भएको हो । उनका अनुसार विसं १८४६ पूर्वको शक्तिशाली ‘खस’ राज्यको पहिचान विलय हुन नदिन र यहाँको सामाजिक, सांस्कृतिक, ऐतिहासिक तथा पुरातात्विक महत्वलाई जीवन्त राख्न शब्दकोशले सहयोग पुर्‍याउने छ ।

शब्द सङ्कलनका लागि आचार्य अन्य सहकर्मीसहित डोल्पाको तलिभोटान, कालीकोटको रासकोट भेक, मुगु तथा हुम्लाका विभिन्न गाँउ घुमिसकेका छन् । उनीसँगै सदस्य गणेश चौलागाईं, हरिशरण आचार्य, प्रकाशचन्द्र खत्री र हरिबाबु चौलागाईंसमेत खटिएका छन् ।

पुराना खस शब्द सङ्कलनमा भने सिञ्जाका स्थानीय संस्कृतिसम्बन्धी जानकार तङ्गानाथ उपाध्यायले सहयोग गरको उनको भनाइ छ । खस शब्द सङ्कलनका लागि जुम्लाका सिञ्जा, पाँचसय, चौधबीस र असी भएकलाई केन्द्रविन्दु बनाइएको छ । अहिले ‘खसिया आखर’ लेख्ने काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । पहिलो पटक खस भाषामा लेख्न लागिएको ‘खसिया आखर’ को पाण्डुलिपि तयार हुँदैछ ।