२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मङ्गलबारसम्म कार्यदललाई प्रगति विवरण बुझाउन सचिवालयको निर्देशन

अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले एकता प्रक्रियामा बाँकी रहेका काम टुङ्ग्याउन गठित कार्यदललाई मङ्गलबारभित्र कार्यप्रगतिको विवरणसहितको प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवायल बैठकले अहिलेसम्म भएको कार्यप्रगति विवरण पेश गर्न निर्देशन दिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

नेकपाले एकता प्रक्रियामा बाँकी रहेका साङ्गठनिक एकीकरणको कार्यभार गृहकार्य गरी सुझाव पेश गर्न गत पुस १२ गतेको स्थायी समितिले गृहमन्त्री तथा सचिवालय सदस्य रामबहादुर थापाको संयोजकत्वमा नौ सदस्यीय कार्यदल गठन गरेको थियो ।

प्रवक्ता श्रेष्ठले कार्यप्रगतिको विवरणसहित प्रतिवेदन बुझाइसकेपछि त्यसबारेमा आवश्यक निर्णय सचिवायलयले लिने र प्रतिवेदनलाई स्थायी कमिटी बैठकमा प्रस्तुत गरिने बताए । गत जेठमा पार्टी एकता भएपछि अहिलेसम्म केन्द्रीय कमिटी र प्रदेश कमिटी मात्र गठन भएको छ ।

जिल्ला कमिटी र जनवर्गीय सङ्गठनको साङ्गठनिक एकता अझै टुङ्ग्एिको छैन । अहिलेसम्म जनवर्गीय सङ्गठनमा इञ्जिनीयरिङ, कानून व्यवसायी, निर्माण व्यवसायी मात्र एकीकरण भएको छ ।

कार्यदललाई पुस मसान्तभित्र कार्यप्रगति विवरण बुझाउने समयसीमा दिइएको थियो । तर अहिलेसम्म पनि प्रतिवेदन बुझाएको छैन । साथै बैठकमा भेनेजुयलामा विकसित राजनीतिक घटनाक्रमप्रति पार्टीको ध्यानाकर्षण भएको उनले बताएका छन् ।

बैठकले भेनेजुयला घटनाप्रति कुनै भ्रम र गलत प्रचार नगर्न समेत आग्रह गरेको छ । कुनै पनि देशको आन्तरिक मामिलामा बाह्य हस्तक्षेप हुन नहुने र कुनै पनि देशमा कुनै पनि प्रकारको समस्या पैदा भएमा त्यस देशका जनताले स्वतन्त्रतापूर्वक शान्तिपूर्ण बाटोबाट समाधान गर्नुपर्छ भन्ने मान्यता पार्टीले राखेको प्रवक्ता श्रेष्ठले बताए ।

उनले नेकपाको विदेश नीति र अन्तर्राष्ट्रिय सम्बन्धका प्रश्नमा कुनै अन्योल र द्विविधा नरहेको समेत स्पष्ट पारे । ‘यससम्बन्धमा पार्टीको दृष्टिकोण र नीति स्पष्ट र स्थिर छ’ उनले भन्, ‘हाम्रो पार्टी संयुक्त राष्ट्र संघको बडापत्र र पञ्चशीलको सिद्धान्तप्रति सदा प्रतिबद्ध रहिआएको छ ।’

उनले आफ्नो पार्टीले हरेक देशको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डताको सम्मान गर्ने बताए । प्रवक्ता श्रेष्ठले आफ्नो पार्टी राष्ट्रको मुख्य कार्यभार सामाजिक न्यायसहितको समृद्धि सहितको कार्यभार पूरा गर्न प्रतिपक्षलाई समेत साथमा लिएर अगाडि बढ्न प्रतिबद्ध र दृढ रहेको बताए ।

बैठकले नेपाली काङ्ग्रेसलाई राष्ट्रिय महत्वका मुद्दामा साझा सहमति गरेर अगाडि बढ्न समेत आग्रह गरेको उनले बताए । अहिले आन्दोलन गर्ने वा नगर्ने हरेक आ–आफ्नो पार्टीको अधिकार भएको भन्दै उनले अहिले साझा मुद्दामा अगाडि बढेर मुलुकलाई समृद्धितर्फ लैजानुपर्ने बताए । बैठकमा माधवकुमार नेपाल बाहेक सबै सचिवालय सदस्यको उपस्थिति रहेको थियो ।