२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘टर्मिनल’ भवनको शिलान्यास

अ+ अ-

लमही । दाङको टरिगाउँ विमानस्थलमा निर्माण हुन लागेको यात्रु प्रतिक्षालय (टर्मिनल भवन) को शिलान्यास गरिएको छ ।

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले आज टर्मिनल भवनको शिलान्यास गरेका हुन् । हवाई सेवा सञ्चालन हुन थालेपछि यात्रुको सहजताका लागि टर्मिनल भवन निर्माण गर्न थालिएको हो । सो भवन रु ५८ लाख २७ हजार लगातमा शौचालयसहित यात्रुका लागि हल, सुरक्षा जाँच, एयरलाइन्सको लागि दुईवटा कोठा, यात्रुको सबै सामाज जाँच गरिसकेपछि बाहिर निस्कन नमिल्ने खालको निर्माण गरिने इञ्जिनीयर युवराज रिजालले बताए ।

उनका अनुसार २४ मिटर लम्बाइ र १२ मिटर चौडाइ रहेको उक्त भवन निर्माणको जिम्मा न्यू आस्टिना निर्माण सेवाले लिएको छ । चालू आर्थिक वर्षको असारसम्म निर्माण सम्पन्न गर्ने सम्झौता गरिएको छ । विमानस्थलमा नियमित हवाई सेवा सञ्चालन भए पनि पुरानो टर्मिनल भवन जीर्ण हुँदा यात्रुलाई असहज हुने भएकाले नयाँ भवन निर्माणको शुरुआत गरिएको टरिगाउँ तथा नेपालगञ्ज ऐयरपोर्टका प्रमुख प्रेमनाथ ठाकुरले बताए ।

यसैबीच भवन शिलान्यास पूर्व भएको कार्यक्रममा उपमहानगरका प्रमुख पाण्डेले आइतबार भएको प्रदेश नं ५ को आधारपत्रमा टरिगाउँ विमानस्थल स्तरवृद्धि भनी समावेश गरिएकाले अब विमान सेवा नियमित बन्नेमा शङ्का गर्नुपर्ने अवस्था नरहेको बताए ।

विमानस्थलमा धावनमार्ग विस्तार गरी एक हजार ५०० मिटर बनाउनका लागि कुनै समस्या नरहेको र अस्थायी इन्धन डिपो ल्याउने विषयमा पनि प्रक्रिया अगाडि बढिरहेको उनको भनाइ छ । स्थायी इन्धन डिपो निर्माणका लागि जग्गा खोज्ने कार्य भइरहेको उनले बताए ।