७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दार्चुलामा सञ्चार सेवा अवरुद्ध

अ+ अ-

दार्चुला । दार्चुलामा मौसममा देखिएको परिवर्तनसँगै जिल्लाको सञ्चार अवरुद्ध भएको छ । बिहीबार बिहानदेखि उच्च भूभागमा हिमपात तथा तल्लो क्षेत्रमा वर्षा भएपछि जिल्लाको फोन सञ्चार अवरुद्ध भएको हो ।

जिल्लाभरि दर्जन बढी नेपाल टेलिकमका टावर सञ्चालनमा छन् । स्काई र नमस्तेका सबै टावरले दिनभर काम गरेको छैन । जिल्लाको मुख्य रिपीटरटावरमै विद्युत् नहुँदा जिल्लाभरि सञ्चार अवरुद्ध रहेको हो । डडेल्धुराबाट दार्चुलाको बालशिखर रिपीटरटावर भएर जिल्लाभरिको सञ्चार हुने गर्छ । तर मुख्य टावर नै घामको भरमा सञ्चालन हुने भएपछि जिल्लाभरि सञ्चार अवरुद्ध रहेको टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङले बताए ।

मालिकार्जुन–२ स्थित बालशिखर टावरमा जिल्लाको मुख्य रिपीटरटावर हो । टावर सोलार सिस्टममार्फत चल्दै आएको छ । तर बुधबारदेखि घाम लाग्न छाडेपछि सोलारले काम गरेको छैन्, गुरुङले भने । नेपाल विद्युत् प्राधिकरणले विद्युत् लाइन विस्तारमा लापरवाही गरेपछि जिल्ला सञ्चारविहीन भएको हो ।

हालसम्म जिल्लामा आधा दर्जन टेलिकम टावरमा मात्रै विद्युतीकरण पुगेको छ । त्योबाहेकका सबै टावर घामको भरमा सञ्चालनमा छन् ।अझै केही दिन घाम नलाग्ने हो भने टेलिफोन सेवा अवरुद्ध हुनसक्छ उनले भने । घामको विकल्प केही नभएपछि सञ्चार अवरुद्ध रहेको हो । नौगाड, व्यास, अपीलगायतमा रहेका स्काई टावरले दुई सातादेखि काम गर्न छाडेको स्थानीय रघुवीरसिंह ठगुन्नाले बताए ।

बिहानदेखि टेलिफोन लाइन अवरुद्ध भएपछि सरकारी कामकाजसमेत प्रभावित भएको प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले बताए । ‘इमेल, इन्टरनेट र फोन गर्न पाइएको छैन । जिल्लाको अवस्था के छ भनेर भन्न सकिने अवस्था छैन’, उनले भने । अहिलेको समयमा सञ्चार सेवा नै घामको भरमा चलेपछि कसरी कामकाज हुन्छ ।

प्रतिक्रिया दिनुहोस