२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चार महीनादेखि पाएनन् स्वास्थ्यकर्मीले तलब

अ+ अ-

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रका स्वास्थ्यकर्मीले ४ महीनादेखि तलब नपाएको गुनासो गरेका छन् ।

अस्पतालमा कार्यरत ६० मध्ये करारका ५७ स्वास्थ्यकर्मी र कर्मचारीले असोज महीनादेखिको तलब नपाएको गुनासो गरेका हुन् । तीन स्वास्थ्यकर्मी सरकारले काजमा खटाएको स्थायी दरबन्दीका हुन् । चार महीनादेखि तलब नपाउँदा समस्या भएकोे प्रशासन शाखामा कार्यरत नायव सुब्बा पूजा कार्कीले बताए ।

सिन्धुली घर भई उपचार केन्द्रमा कार्यरत उनले मासिक खर्चका लागि घरबाटै रकम मगाउनुपर्ने बाध्यता रहेको गुनासो गरे । उनले भने, ‘आफ्नै जागिर भए पनि तलब नपाउँदा घरबाटै मागेर गुजारा टारिरहेको छु ।’ उनका अनुसार करारका कर्मचारीको म्याद थप नहुँदा अन्योलको स्थिति सिर्जना भएको छ ।

उपचार केन्द्रका प्रमुख डा रामकुमार श्रेष्ठले सरकारले बजेट विनियोजन नगर्दा तलब खुवाउन नसकिएको जानकारी दिए । चालू आर्थिक वर्षमा सरकारले अस्पतालका लागि अत्यन्तै न्यून बजेट पठाएको उनले बताए । उनले भने, ‘सरकारले अस्पतालमा कार्यरत कर्मचारीको तलबभत्ता र प्रशासनिक खर्चमा रु २० लाख पठाएको थियो । तर एक महीनामा तलबभत्तामा रु १५ लाख खर्च हुन्छ ।’

उनका अनुसार सरकारले पठाएको रकमले एक महीनाको तलब खुवाउन पुगेको छ । उनले सरकारले पठाएको रकमबाट साउन महीनाको तलब दिएर रु ५ लाख बचेको र अस्पतालको आन्तरिक रकम थप गरेर भदौ र असोज महीनाको तलबभत्ता भुक्तान गरिएको बताए।

विसं २०६७ मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वको सरकारले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति स्व गिरिजाप्रसाद कोइरालाको स्मृतिमा राष्ट्रियस्तरको श्वासप्रश्वास उपचार केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो ।

सरकारको निर्णयअनुसार सोही ठाउँमा रहेको सेतीगङ्गा सामुदायिक अस्पतालको स्वामित्व हस्तान्तरण गरी श्वासप्रश्वास उपचार केन्द्र सञ्चालन गरिएको हो । लामो समयदेखि सञ्चालन भएको अस्पतालमा छुट्टै श्वासप्रश्वास उपचार केन्द्र स्थापना हुनसकेको छैन ।