२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सञ्चारमाध्यम ‘जनताका शत्रु र वास्तविक प्रतिपक्षी दल’ हुन् : ट्रम्प

अ+ अ-

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मङ्गलबार मुल धारको सञ्चारमाध्यमलाई ‘शत्रु’ र ‘प्रतिपक्षी दल’ को संज्ञा दिएका छन् ।

ट्रम्पको निर्वाचन अभियानमा रूसी साँठगाँठबारे वर्तमान् राष्ट्रपतिमाथि लागेको आरोपको छानविन गरी हालै प्रतिवेदन पेश गरेका अमेरिकी संघीय अनुसन्धान विभागका पूर्व निर्देशक रोबर्ट म्युलरको प्रतिवेदनले ट्रम्पलाई उक्त मुद्दामा दोषी नभेटिएको भन्ने निष्कर्षपछि ट्रम्पको यो भनाई आएको हो ।

उनले पत्रकारहरूले अमेरिकी निर्वाचनमा रूसी हस्तक्षेपबारे भएको अनुसन्धान रिपोर्टलाई न्यायसङ्गत रूपमा प्रस्तुत नगरेको आरोप लगाएका छन् ।

“विश्वभर मुलधारका सञ्चारमाध्यमहरू भ्रष्ट र मिथ्या बनेकाले उनीहरूप्रति जनताको आक्रोस र घृणा प्रकट गर्ने गरेका छन्,” अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीटर सन्देशमार्फत भनेका छन् ।

“राष्ट्रपति अभियानमा रूसी साँठगाँठको मुद्दालाई विगत दुई बर्षसम्म भ्रमित गर्ने प्रयास सञ्चारमाध्यमले गरे यद्यपि उनीहरूलाई निर्वाचनमा रूससँग कुनै साँठगाँठ नरहेको जानकारी थियो ।”

“उनीहरू साँच्चै जनताका शत्रु र वास्तविक प्रतिपक्ष हुन् ।” रासस एएफपी