२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनप्रतिनिधिले जनताको भावनाअनुसार कार्य गर्नुपर्छ : मन्त्री पण्डित

अ+ अ-

विराटनगर । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले जनप्रतिनिधिले जनताको भावनाअनुसार कार्य गर्नुपर्ने बताएका छन् ।

विराटनगर–६ बुद्धचौकस्थित मुस्लिम कम्युनिटी सेन्टरद्वारा निर्माण गर्न लागिएको मुसाफिर खाना (सामायिक भवन)को आज शिलान्याश गर्दै उनले जनतालाई सपना बाँड्ने होइन, योजना अनुसार कार्य गरेमा मात्र समाजमा सकारात्क प्रभाव पर्ने र जनप्रतिनिधि पनि सफल हुने विचार व्यक्त गरे ।

मन्त्री पण्डितले पुरानो इतिहास बोकको विराटनगर शहरलाई जोगाउन सबै समुदायको सहयोग आवश्यक रहेको बताउँदै शहरमा आवश्यक पर्ने सम्पूर्ण सुविधाका विकास गरी काठमाडौंपछि दोस्रो ठूलो शहर बनाउने प्रतिवद्धता व्यक्त गरे ।

सामाजिक सद्भावसहित राजनीतिक सद्भाव भएमा मुलुकमा विकासले गतिलिने तथा जनता सुखी र समृद्ध हुने उल्लेख गर्दै उनले सामाजिक एकताबाट मुलुकमा समृद्धि कायम हुने विश्वास व्यक्त गरे ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)केन्द्रीय सदस्यद्वय विनोद ढकाल र महेश रेग्मीले सम्पूर्ण जातजातिको भाषा, धर्म, संस्कृति र वेषभूषाको संरक्षणवाट मात्र मुलुकमा समृद्धि आउने बताए ।

कम्युनिटी सेन्टरका अध्यक्ष जावेद नवि इराकीको सभापतित्वमा सम्पन्न सो समारोहमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल, उद्योग सङ्गठन मोरङका भीम घिमिरेलगायतले मुसाफिर खाना निर्माणबाट यस क्षेत्रका सम्पूर्ण समुदायलाई सहज भएको धारणा व्यक्त गरे ।

रु २ करोडमा खरीद गरिएको चार कठ्ठा जग्गामा २८ हजार स्क्वायर फिटमा पार्किङसहित पाँच तल्ले सो भवन निर्माणका लागि रु १८ करोड खर्च लाग्ने इञ्जिनीयर पवन झाले बताए।

इस्लामिक संस्कृति झल्कने उक्त भवनमा नवाज पढ्ने ९प्रार्थना हल०, २५० जना अट्ने दुई सभाहल र ४५ कोठा रहने छ भने पार्किङमा ३० वटा चार पाङ्ग्रे सवारीसाधन र सय मोटरसाइकल राख्न सकिन्छ ।