२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धर्मका नाममा राजनीति गर्नेलाई प्रतिबन्ध : मन्त्री राई

अ+ अ-

काठमाडौं । शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले संविधानविपरीत धर्मका नाममा राजनीति गर्नेलाई प्रतिबन्ध लगाइने बताएका छन् ।

नेपाल ख्रिस्टीयन महासङ्घले पुनरुत्थान (इस्टर) पर्वका अवसरमा आइतबार आयोजना गरेको कार्यक्रममा उनले सबैले आ–आफ्ना धर्म मान्न पाउने स्वतन्त्रता भए पनि धर्मका नाममा केही तत्व सल्बलाइरहेको बताए।

“धर्मका नाममा राजनीति गर्नेलाई पाखा लगाउनुपर्छ, संविधानका दृष्टिमा सबै जातजाति, भाषाभाषी, धर्म र सम्प्रदायका मानिस समान हुन्छन्, धर्मका नाममा राजनीति गरेर कसैले अस्थिरता निम्त्याउनुहुन्न”, मन्त्री राईले भने ।

विकास निर्माणमा सत्तापक्ष र प्रतिपक्ष नहुने भएकाले नेपाली काङ्ग्रेसलाई पनि रचनात्मक सहयोग गर्न उनले आह्वान गरे ।

काङ्ग्रेस नेता रामहरि खतिवडाले दुई तिहाइका सरकारले दम्भ देखाउने र पूरा हुन नसक्ने सपना बाँडेर समय खर्च गरिरहेको आरोप लगाए।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता झक्कुप्रसाद सुवेदीले सरकारले काम गर्ने बाटो समाएकाले उपलब्धिको मूल्याङ्कन गर्न केही समय कुर्नुपर्ने बताए ।

कार्यक्रममा महासङ्घका अध्यक्ष सिवी गहतराज लगायतले सरकारको दृष्टिमा सबै धर्म समान हुनुपर्ने बताए ।