११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रमुख प्रशासकीय अधिकृतले लिए एक विद्यार्थीको अभिभावकत्व

अ+ अ-

डोटी । डोटीको के आई सिंह गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिद्धराज शर्माले कक्षा ९ मा अध्ययनरत एक विद्यार्थीको अभिभावकत्व ग्रहण गरेका छन् ।

अधिकृत शर्माले  के आई सिंह गाउँपालिका–१ गणेशकाडा निवासी भीम बहादुर पुन मगरको अभिभावकत्व ग्रहण गरेका हुन् ।

आर्थिक अवस्था कमजोर भएका भिमबहादुरको अभिभावकत्व ग्रहण गर्दै शर्माले भने–‘ मेरो सानो सहयोगले कसैको जिन्दगी बन्छ भने मेरो लागि पनि सौभाग्यको कुरा हा ।’

शर्माले शिक्षामा गरिने लगानी एउटा पुस्तामा गरिने लगानी भएकोले दिगो विकासमा सहयोग हुने तथा मानवताको मर्म समेत पुरा हुने भएकाले अभिभावकत्व ग्रहण गरेको बताए ।

आर्थिक अवस्था कमजोर रहेका भिम बहादुरको परिवारमा आमा, चार दिदीबहीनी छन् । उनका बाबुको ५ वर्ष अघि मृत्यु भईसकेको छ । आयस्रोतको कुनै बाटो छैन ।  जसो तसो दुःख कस्ट गरेर आमाले परिवारको छाक टार्ने गर्छिन ।

भिम बहादुर स्थानीय रामेश्वर आधारभुत विद्यालयबाट कक्षा ८ मा उत्कृष्ट भएका छन् । पढाइमा अब्बल भिमबहादुरको घर परस्थीतीले गर्दा माथिल्लो कक्षा पढ्न सक्ने सम्भावना नहुँदा उनको भविष्य नै अन्यौलमा भरिरहेको थियो ।

गाउँमा सबैको घरमा सोलार बत्ती रहेको अवस्थामा भिमबहादुरको घरमा भने अहिलेको अवस्थामा पनि टुकी बाल्नुपर्ने बाध्यता छ । उनले टुकी बालेर नै भएपनि पढेर विद्यालयमा अन्य विद्यार्थीको भन्दा राम्रो नतिजा ल्याउन सफल भएका छन् ।

आमा पदमा पुनले भनिन्– ‘छोराले गाउँको स्कुलमा जसो तसो दुःख कष्ट गरेर पढ्यो, अब यो भन्दा माथि पढाउन सक्ने अवस्था पनि थिएन । छोरालाई भारत पठाउनु भन्दा अरु उपाय पनि थिएन । तपाईको छोरालाई पढाउँछु भन्दा मेरो लागि भगवान भटिए, मेरा दुःखका आँखामा खुसी थपिदियौ । ठूलो मान्छे बन्नु ।’

भिम बहादुरले अब सोही गाउँपालिका–५ मा रहेकोे सरस्वती माध्यामिक विद्यालयको छात्रबासमा रहेर पढ्ने भएका छन् ।

कार्यक्रममा वडाध्यक्ष श्री रामचन्द्र राणा, गाउँपालिकाकी उपाध्यक्ष मिना देवी बिस्ट, शिक्षा ईकाइ संयोजक नर ब शाही, सरस्वति मा.वि.का. प्र अ मिन राणा, रामेश्वर आधारभुत विद्यालयका प्र अ लक्ष्मीभक्त ओझा, विद्यार्थीकी आमा पदमा पुन मगर लगायत अन्य स्थानीयहरुको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस