२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महिलाको नाममा भू–स्वामित्व बढ्दै

अ+ अ-

लमही । पछिल्लो समय महिलाको नाममा जग्गा दर्ता गर्नेको सङ्ख्या बढ्दै गएको छ । जिल्ला मालपोत कार्यालयबाट चालू आर्थिक वर्षको नौ महीनामा तीन हजार ८९९ महिलाको नाममा जग्गा दर्ता भएको पाइएको हो । महिलाको नाममा जग्गा दर्ता गर्दा राजश्वमा छुट हुने भएपछि पछिल्लो समय महिलाका नाममा जग्गा दर्ता गर्ने क्रम बढ्दै गएको कार्यालय प्रमुख नरेश खड्काले बताए । उनका अनुसार चालू आर्थिक वर्षको चैतसम्म जम्मा सात हजार ६१२ को नाममा जग्गा पास भएकामा तीन हजार ८९९ महिलाको नाममा जग्गा दर्ता भएको हो ।

साउनमा ३७७, भदौमा २९२, असोजमा ३४२, कात्तिकमा २९४, मङ्सिरमा ४५४, पुसमा ५७३, माघमा ४५१, फागुनमा ५१२ र चैतमा ६०४ महिलाले आफ्नो नाममा जग्गा पास गरेका थिए ।महिलाको नाममा जग्गा पास गर्दा सरकारले २५ प्रतिशत छुट दिएका कारण पनि यो सङ्ख्यामा वृद्धि भएको उनले बताए । सकारको नयाँ नीतिले महिलाको स्वामित्वमा पैतृक सम्पत्ति तथा किनबेच सम्पत्ति जोड्न सहज बन्दै गएको हो । आर्थिक वर्ष २०७४÷७५ मा छ हजार १४ पुरुषको नाममा सम्पत्ति पास हुँदा पाँच हजार ८१९ महिलाको नाममा सम्पत्ति पास भएको थियो । आर्थिक वर्ष २०७५/७६ को साउनमा ३७७ महिलाको नाममा सम्पत्ति हस्तान्तरण, किनबेच तथा भागवण्डा हुँदा पुरुषको सङ्ख्या ३६७ छ ।

यसरी महिलाको नाममा जग्गा दर्ता हुँदा महिला हिंसा कमी हुने भएको महिला अधिकारकर्मी सुुष्मा लामिछानेले बताए । “विगतमा पुरुषको नाममा जग्गा दर्ता हुँदा पुरुष हाबी हुने अवस्था थियो, यसले महिला हिंसा बढाएको थियो”, उनले भने, “अहिले महिलाले आफ्नै नाममा जग्गा दर्ता गर्न थालेपछि उनीहरू थप सशक्त बनेका छन् भने महिला हिंसामा पनि कमी आएको छ ।” सबै महिलाले यसरी नै जग्गाको स्वामित्व लिन थालेपछि महिला हिंसामा विस्तारै कमी हुँदै जाने उनको तर्क थियो । नेपालको संविधान २०७२ को धारा ३८ को उपधारा ६ मा सम्पत्तिमा महिलाको समान हक हुने कुरा उल्लेख छ । विगतमा अशिक्षा, जनचेतनाको अभाव र स्वयं महिला अग्रसरताको कमीका कारण उनीहरूको सम्पत्तिमा न्यून पहुँच रहेको थियो । रासस