काठमाडौँ । म्याक्स टाइगर इनर्जी ड्रिंक्सको ‘एनर्जाइज्ड दसैँ धमाका २०२६’ अभियानअन्तर्गत थप दुई जना उपभोक्ताले स्कुटर र मोटरसाइकल जितेका छन्। पछिल्लो नतिजाअनुसार बुटवलका नरबहादुर ठोकरले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका हुन्। कम्पनीका अनुसार यससँगै अभियानअन्तर्गत स्कुटर तथा मोटरसाइकल जित्ने उपभोक्ताको संख्या पाँच पुगेको छ। हालसम्म तीन जनाले मोटरसाइकल र दुई जनाले स्कुटर जितेका छन्।
यसअघि बनेपाका कुमार राज र धादिङको गल्छीका सञ्जोग रिमालले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका थिए। त्यस्तै, सुर्खेतका किशोर जंग शाहले यामाहा रे जेडआर स्कुटर प्राप्त गरेका थिए। कम्पनीले सञ्चालन गरेको उक्त अभियानअन्तर्गत १८ जनालाई यामाहा एफजेड एफआई मोटरसाइकल र १८ जनालाई यामाहा रे जेडआर स्कुटर प्रदान गर्ने व्यवस्था छ। यसबाहेक एक जना उपभोक्ताले बम्पर पुरस्कारस्वरूप प्रोटोन कार जित्नेछन्।
हालसम्म पाँच जना विजेता सार्वजनिक भइसकेकाले अब १५ वटा मोटरसाइकल, १६ वटा स्कुटर र एउटा प्रोटोन कारको पुरस्कार बाँकी रहेको कम्पनीले जनाएको छ।
दसैँलाई लक्षित गरी सञ्चालन गरिएको अभियानमा म्याक्स टाइगर इनर्जी ड्रिंक्सको एक क्यान खरिद गर्ने उपभोक्ताले पुरस्कार जित्ने अवसर पाउने कम्पनीको भनाइ छ। बनेपा, धादिङ, सुर्खेत, बुटवल र धनगढीका उपभोक्ता विजेता घोषित भइसकेका छन्।
कम्पनीका अनुसार अभियानअन्तर्गत थप विजेता घोषणा हुन बाँकी छ भने बम्पर पुरस्कार प्रोटोन कारको विजेता पनि घोषणा गरिएको छैन।



