२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘मान्छेमा वर्डफ्लूको शंकास्पद अवस्थासमेत छैन’-महानिर्देशक वंशी

अ+ अ-

नेपालमा पहिलो पटक वर्ड फ्लु(एच फाइब एन वान) बाट एक जनाको मृत्यु भएसँगै चौतर्फी फैलिएको वर्डफ्लूको सन्त्रास अझै सेलाई सकेको छैन ।

केही महिना अघिदेखि देशका प्रमुख सहरलगायत केही स्थानमा पन्छीहरू(खास गरी कुखुरा)मा वर्डफ्लू देखिएसँगै दुई हजार दुई सय ५० जना मानिसमा गरिएको परीक्षणका क्रममा काभ्रेपलाञ्चोक जिल्लाका २१ वर्षीय एक युवकको मृत्यु भएको सरकारी अधिकारीले पत्रकार सम्मेलनमार्फत पुष्टि गरेसँगै चौतर्फी सन्त्रास बढेको हो ।

जसले देशको सबैभन्दा ठुलो इन्डष्ट्रिजमध्येको एक कुखुरा व्यवसायमा पर्न सक्ने असर त एकातिर छ नै, रोग फैलिएर हुन सक्ने मानवीय क्षति तथा मान्छेबाट मान्छेमा सर्ने अवस्था आयो भनेपछिको अवस्थाबारे सबैलाई गम्भीर बनायो । यसै सन्दर्भमा नेपालमा वर्डफ्लूको वर्तमान अवस्था र सजगताबारे पशु सेवा विभागका महानिर्देशक डा वंशी शर्मासँग कुरा गरेको कुराकानी ।

देशका प्रमुख सहरलगायत विभिन्न भागमा देखा परेको वर्ड फ्लुको अवस्थाबारे अहिले के छ ?
पन्छीहरूको सन्दर्भमा निरन्तर सर्भेलेन्स भइरहेको छ । डराउनु पर्ने अवस्था केही पनि छैन । यस पटक लामो समयसम्म चिसो रहेकोले भाइरसलाई संरक्षित गर्ने खालको वातावरणले गर्दा प्रकोप लम्बिएको हो । सबै सामान्य छ ।

महिनौँ अघि काठमाडौँ, भक्तपुर, हेटौडा, पोखरालगायतका सहरहरूमा वर्डफ्लू भेटिँदा समयमै निदानतर्फ खासै चासो नदेखाएकै कारण र लुकाएकै कारण यो अझ बढी फैलिन पुग्यो र मानिसमा सम्म लाग्न सक्ने अवस्था आयो भन्ने छ नि ?
वर्डफ्लू लुकाएर सम्भव छैन । लुकाउने भन्ने कुरा हुँदैन । वर्ड फ्लु भनेको डढेलो जस्तै भएकोले एउटा कुखुरा लुकाएर अरू बचाउने भन्ने सम्भव नहुने भएकोले पनि यो लुकाउन पनि हुँदैन । र, यसमा सरकारले ७५ प्रतिशतसम्म क्षतिपूर्ति दिने भएकोले व्यवसायीले लुकाउनु पर्ने कारण पनि छैन । जस्तो एक हजारको कुखुरा हो भने सात सय ५० रुपैयाँ त सरकारले नै दिन्छ ।

जहाँसम्म मनपरी कुखुरा बेचिरहेका छन्, मनपरी खाई रहेका छन् र अरुपनि बिरामी भएर मरिसके भन्ने कुरा छ त्यो केही पनि होइन । वर्डफ्लू भएको कुखुराले अण्डै पार्दैन, पारेपनि गिलो गिलो हुन्छ, खानयोग्यै हुँदैन ।

सामान्य अवस्थामा पनि अण्डा हेर्दै थाहा हुन्छ । हामीले अहिले पनि अण्डा खाई रहेका छौँ । पकाएर खाँदा केही फरक पर्दैन । तर साँच्चैको वर्डफ्लू भएको कुखुराले पारेको अण्डा हामीले खान लायक नै हुँदैन ।

त्यसका रणले गर्दा अहिलेको वर्तमान समयमा मान्छेमा त्यस्तो केशको शङ्कास्पद अवस्थासमेत छैन ।

वर्डफ्लूबाट ‘थप नन कन्फर्म डेथ’ भएको हुनसक्ने भन्दै भेटेरीनरी एसोसिएसनले विज्ञप्ति नै जारी गरेको थियो नि ?
एसोसिएसनले निकालेको विज्ञप्ति हल्ला मात्रै हो । यस वर्ष दुई हजार दुई सय जनाको परीक्षण गरिएकोमा एक जनामा मात्रै पोजेटिभ आएको हो । त्यसैले यति डराई हाल्नु पर्ने अवस्था छैन ।

वर्ड फ्लु सर्न त्यति सहज छैन । हो, वर्डफ्लू लागेपछि बाँच्दैन । पैसाले पनि बाँच्दैन । तर जहाँसम्म अन्य मानिसको पनि मृत्यु भएको हुनसक्ने भन्ने कुरा छ यसमा वर्डफ्लूबाट नै हो भन्ने हुँदैन । को के बाट मृत्यु भयो भन्ने कुरा सबै कुरा पुष्टि हुँदैन । कति जना कुखुरा फार्ममा काम गर्ने मानिस पनि कालगतिले मरेका छन् । अब ती मानिसहरू वर्डफ्लू हो कि होइन भनेर स्याम्पल जाँच्ने प्रचलन त छैन । त्यसले गर्दा खेरी वास्तविक तथ्याङ्क केही होला पनि तर वर्डफ्लू त्यति सजिलो सँग लाग्ने रोग नै होइन ।

यसो भनिरहँदा पनि मान्छेबाट मान्छेमा सर्न सक्ने अवस्था आयो भने यसले पुर्‍याउने क्षतिको केही आकलन गर्नु भएको छ ?
संसारमा अहिलेसम्म ८१६ जनामा देखियो र ४१६ जनाको मृत्यु भएको छ । १७ को बिचदेखि १९ मा आइपुग्दा वर्डफ्लूबाट पहिलो मृत्यु नै नेपालमा भएको हो ।

९९.९ प्रतिशत कहिल्यै पनि वर्डफ्लू नै हुँदैन । शून्य दशमलव एक प्रतिशत मात्रै हुन सक्छ । यो एकदमै रियर केश हो तर पनि हुनसक्छ भनेर सधैँ सुरक्षा सतर्कता भने अपनाउनु पर्छ ।

जसरी मोटरसाईकिलमा यात्रा गर्दा टाउकोको सुरक्षाका लागि हेलमेट लगाएर यात्रा गरिन्छ, त्यसै गरी कुखुरा पालनमा पनि हरेक क्षण संयमशिलता भने अपनाउनु पर्छ ।