२४ भाद्र २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्सांकनमा नयाँ प्रविधि

अ+ अ-

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिकालाई भौगोलिक सूचना प्रणाली (जिआइएस) प्रविधिमा आधारित शैक्षिक सूचना प्रणाली व्यवस्थापन तथा विद्यालय नक्सांकनसम्बन्धी सफ्टवेयर फाइल हस्तान्तरण गरिएको छ ।

सो पालिकामा शैक्षिक सहकार्य गर्दै आएको ‘ग्लोबल एक्सन नेपाल’का कार्यकारी निर्देशक बाबुकाजी श्रेष्ठले नगरप्रमुख मीठाराम अधिकारीलाई सो सफ्टवेयरको फाइल हस्तान्तरण गरेका हुन् । 

विगत केही वर्ष अगाडिदेखि नै ग्लोबल एक्सन नेपालको संयोजनमा नगरपालिकाको आर्थिक सहयोग र ‘ज्ञान रिसर्च एन्ड लर्निङ रिसोर्स सेन्टर’को प्राविधिक सहयोगमा नगरपालिकाका सबै वडाका सामुदायिक तथा संस्थागत विद्यालयको भौगोलिक सूचना प्रणाली प्रविधिमा आधारित विद्यालय नक्सांकन तथा विद्यालयगत शैक्षिक सूचनाहरू व्यवस्थित गर्ने कार्य जारी रहेको थियो । ती वडाका १९ विद्यालयका सम्बन्धित शिक्षकलाई प्रविधि सञ्चालन गर्ने तरिकासम्बन्धी तालिमसमेत प्रदान गरिएको थियो ।

हस्तान्तरण कार्यक्रममा नगरप्रमुख अधिकारीले प्रविधि निर्माणमात्र प्रमुख कुरा नभई यसको उपयोगिता धेरै महत्त्वपूर्ण भएकाले अब सम्बन्धित वडा विद्यालयले यसको उपयोग गर्ने विश्वास व्यक्त गरे । नगरका  शिक्षा शाखा प्रमुख ललितविक्रम सिंहले यस प्रविधिमार्फत देशविदेशको जुनसुकै स्थानबाट सम्पूर्ण वडाहरूभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूको दूरी तथा विद्यालयसम्बन्धी विवरण हेर्न र बुझ्न सकिने जानकारी दिए । 

ग्लोबल एक्सन नेपालका कार्यकारी निर्देशक श्रेष्ठले यो कार्य शिक्षा क्षेत्रका लागि एउटा नवीन तथा उपलब्धिमूलक हुने भएकाले यस साझेदारी नमूना सावित हुने बताए । 

0 Comments