२४ भाद्र २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

थप रिक्त एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस

सचिव बढुवाको वरिष्ठता क्रम अघि बढेसँगै थप एक रिक्त पदका लागि उत्तरकुमार खत्री, कालीप्रसाद पराजुली र रुद्रसिंह तामाङ क्रमश: सिफारिस भएका छन्: आजै बिनोद कुँवर २० प्रतिशततर्फबाट एकल सिफारिस भएका हुन्।

अ+ अ-

काठमाडौँ । नेपाल सरकारको रिक्त थप एक सचिव (विशिष्ट श्रेणी) पदमा बढुवाका लागि तीन वरिष्ठ सहसचिवको नाम सिफारिस भएको छ।

बुधबार(आज) बिहान बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले उत्तरकुमार खत्री, कालीप्रसाद पराजुली र रुद्रसिंह तामाङको नाम क्रमश: सिफारिस गरेको हो।

सिफारिसमा पहिलो नम्बरमा रहेका खत्री हाल अर्थ मन्त्रालयमा कार्यरत छन्। उनी मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखा प्रमुखका रूपमा कार्यरत रहेका छन् ।

दोस्रो नम्बरमा सिफारिस भएका पराजुली हाल राष्ट्रिय महिला आयोगको सचिवका रूपमा कार्यरत छन्। यसअघि गृह मन्त्रालयको प्रशासन महाशाखा प्रमुख रहेका पराजुली केही साताअघि मात्रै राष्ट्रिय महिला आयोगमा सरुवा भएका हुन्।

तेस्रो नम्बरमा रहेका तामाङ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रशासन महाशाखा प्रमुखका रूपमा कार्यरत छन्।

कुँवरको एकल सिफारिसपछि थप तीन जनाको नाम
बुधबारकै सचिव बढुवा सिफारिस समितिको बैठकले यसअघि अर्को रिक्त सचिव पदका लागि वरिष्ठ सहसचिव बिनोद बहादुर कुँवरको नाम २० प्रतिशततर्फबाट एकल सिफारिस गरेको थियो। कुँवर हाल राष्ट्रिय समावेशी आयोगको सचिवका रुपमा कार्यरत छन्।

कुँवर पछिल्ला सचिव बढुवा सिफारिसमा समेत पर्दै आएका थिए। पछिल्लो बढुवा प्रक्रियामा उनीसँगै खत्रीसमेत सचिव बढुवाको प्रतिस्पर्धामा थिए। यसपटक कुँवर ज्येष्ठताका आधारमा हुने २० प्रतिशततर्फबाट एकल सिफारिस भएपछि थप रिक्त पदका लागि खत्री, पराजुली र तामाङको नाम क्रमश: सिफारिस भएको हो।

यससँगै सचिव बढुवाको वरिष्ठताको क्रम पनि अगाडि सरेको छ।

अब बढुवा समितिको सिफारिस मन्त्रिपरिषदमा पेस हुनेछ। तीन जनामध्येबाट सरकारले एक जनालाई सचिवमा बढुवा गर्नेछ।

0 Comments