१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काम गर्दैछौं, नतिजा आउँदैछ : मन्त्री बाँस्कोटा

अ+ अ-

लमही । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विकास निर्माणको काम जारी रहेकाले अझै नकारात्मक टिप्पणी गर्ने अवस्था नआएको बताएका छन् ।

दाङ तुलसीपुरमा जारी दुई दिने खानेपानी संस्था तथा समितिको व्यवस्थापन, खानेपानी आयोजना सञ्चालन व्यवस्थापन तथा सुरक्षा योजना सम्बन्धी अन्तक्रियामा मन्त्री बाँस्कोटाले भने, ‘भर्खरै विकास निर्माणका काम शुरु भएका छन्, अहिले नै नकारात्मक टिप्पणी गर्नेबेला भएको छैन् ।’ उनले सरकारले गरेका कार्यको नतिजा ५ वर्षभित्र आउने विश्वास दिलाउँदै भने, ‘तपाईहरु धैर्य गर्नुस्, पाँच वर्षभित्र सरकारले गरेका कामको नतिजा आउँछ ।’

उनले मुलकमा अब राजनीतिक लडाइँ सकिएको र गरीबी अन्त्यको लडाइँ शुरु भएको समेत बताए । मन्त्री बाँस्कोटाले विकास निर्माणका काम अघि बढिरहेको भन्दै केही समय धैर्य राख्न आग्रह गरे ।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले सन् २०२२ सम्म सबै नागरिकको घरमा पिउने पानी पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे । साथै, सन् २०३० सम्ममा प्रशोधित स्वच्छ पिउने पानी पुर्‍याउने लक्ष्य रहेको समेत उनले बताए ।

मन्त्री बाँस्कोटाले नेपाल जलस्रोतको दोस्रो धनी देश भएकाले स्रोतको समस्या नभएको तर आर्थिक, इच्छाशक्ति र काम गर्दा खुट्टा तान्ने प्रवृत्तिले यस्तो समस्या निम्तिएको समेत बताए । उनले उपभोक्ता समितिका पदाधिकारी मन लागेमा १७ वर्षसम्म पनि एउटै पदमा बसिराख्ने गरेको भन्दै यो बिल्कुल गलत भएकाले आफू र आफ्नो समाज परिवर्तनमा लाग्नुपर्नेमा जोड दिए ।

‘मन लागेमा १७ वर्षसम्म पनि एउटै पदमा बस्ने तर योजना पूरा नगर्ने ?’, उनले भने, ‘यसले सबै मानिसलाई खानेपानीको पहुँचमा ल्याउने ठूलो समस्या पारेको छ ।’

प्रतिक्रिया दिनुहोस