२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खानेपानी अभावले गाउँ छाड्न बाध्य

अ+ अ-

डडेल्धुरा । अजयमेरु गाउँपालिकामा खानेपानीको अभाव शुरु भएको छ  । खानेपानीको अभाव हुँदा दैनिक जीवनयापन नै अस्तव्यस्त भएपछि गाउँबाट तराइतर्फ वा खोला नजिकमा बसाइसराइ गर्नेको सङ्ख्या बढ्दै गएको स्थानीयवासीको गुनासो छ ।

अजयमेरु –५ र ६ का अधिकांश गाउँ र बस्तीमा खानेपानीको चरम अभाव हुन थालेको छ । गाउँपालिकाअन्तर्गतका गाल, मटेला, भण्डारी गाउँ, झिङनी, राजुल ओडिगाउँ लगायतका गाउँमा खानेपानीको चर्को अभाव हुन थालेको हो । पानी नहुँदा राति २ बजे उठेर खोलामा गएर पानी ल्याउनुपर्ने बाध्यता रहेको स्थानीयवासी हरिलाल रावतले बताए । पानी अभावकै कारण पढेलेखेका युवाहरुको गाउँप्रतिको मोह पनि मरेर गइरहेको उनको भनाइ छ ।

खानेपानीको जोहो गर्दागर्दै अरु काम गर्न नपाइने भएकाले सर्वसाधारण दिक्क भएका छन् । बिना अध्ययन सडक निर्माण हुनु, पानीको मुहानको संरक्षणमा चासो नदेखाउनु तथा खानेपानीको समस्याप्रति सरोकारवाला निकायको बेवास्ताका कारण हिउँदमा वर्षौँदेखि देखिइने यो समस्या ज्यूँका त्यूँ रहेको गाल मटेलावासी बताए ।

खानेपानीको अभाव भएपछि वर्षेनी गाउँबाट तराईतर्फ बसाइ सर्नेको सङ्ख्या पनि बढ्न थालेको छ । कति घरपरिवारले दोहारो बस्ती बस्ने गरेको स्थानीय डम्बरसिंह पडालले बताए । पानीकै कारण हिउँदमा गाउँलेहरु खोला किनारमा बास बस्ने गरेको पडालले बताए ।

शुद्ध खानेपानीको आपूर्तिका विषयमा गाउँमा बेलाबेलामा कार्यक्रम सञ्चालन हुने गरेका छन् । तर यसको व्यवस्थापन अहिलेसम्म हुन सकेको छैन । पानीको समस्याका कारण महिलालाई खाना पकाउने, भाँडा माझ्ने, गाईवस्तुलाई खुवाउने पानी कसरी जोहो गर्ने भन्ने चिन्ताले दिनभर पिरोलिए स्थानीय पोषण सहजकर्ता मनिषा पालले बताए।

खानेपानी अभावकै कारण अजयमेरु गाउँपालिका–५ र ६ मा आर्थिक वर्ष २०७४/७५ मा ४४ पुरुष र ३२ महिला गरी कूल ७६ जनाले थातथलो छोडेर गएको तथ्याङ्क गाउँपालिकासँग रहेको वडासचिव केशव भट्टको भनाइ छ ।

अजयमेरु–५ का ५५९ घरपरिवार र वडा नं ६ का ४७८ घरधुरी खानेपानीको समस्यामा रहेका छन् । पानी कै समस्याका कारण कृषि उपजहरुको उत्पादन भरपर्दा नरहेको र पढेलेखेका युवाहरु अन्यन्त्र जानुपर्ने बाध्यता रहेको सचिव भट्टको भनाइ छ ।

पानीका मूलहरु नहुँदा समस्या झन बल्झिएको हो । अजयमेरु–५ मा एक मात्र पानीको नाउलो (कुवा) छ । त्यहाँ वर्षा होस् या हिउँद, जहिले पानी लिन आउनेको घुइँचो हुन्छ । बिहान उठ्नेवित्तिकै महिलाहरू खानेपानीका लागि तछाड–मछाड गरिरहेका देखिन्छन् ।

‘पालो कुर्दाकुर्दै घरको अरु काम गर्न समय नै हुँदैन’, स्थानीय लालबहादुर खड्काले भने, ‘धारो छैन, कुवाको पानी सबैले भरेर लिँदा धमिलो हुन्छ ।’ यहाँ जहिल्यै खानेपानी अभाव हुने गरेको छ । सुक्खा खडेरी, मौसम परिवर्तनले गर्दा मुहान सुकेपछि खानेपानी अभाव भएको हो । सदियौँदेखिका खोल्साखोल्सी र जरुवा मुहान सुक्दै गएपछि पानी अभाव भएको स्थानीयवासी बताउछन् ।

‘खानेपानी अभावले हाम्रो दैनिकी पानी जोहो गर्नमै बित्छ । घरायसी काममा लादिनुपर्ने महिलाले खानेपानी जोहो गर्न दिनरात कष्ट व्यहोर्ने गर्छ’, स्थानीयवासी खड्काले भने, ‘हरेक दिन पानीकै चिन्ता हुन्छ ।’

गाउँवस्ती नजिक मूल नहुँदा समस्या भएको र अब चाँडै नै सूर्नयावाट लिफ्ट सिँचाइका लागि डिपिआर तयार गरेर खानेपानी ल्याउने योजना रहेको अजयमेर गाउँपालिकाका उपाध्यक्ष कलावती भाणले जानकारी दिए ।

नुहाउन वा खानेपानी जोहो गर्नका लागि ३ घण्टा हिँडेर खोलामा जानुपर्ने बाध्यता छ । पानीको समस्याका कारण गाउँभन्दा तीन घण्टाको पैदल दूरी खालो किनारमा वस्नु परेको छ ।

जसले गर्दा छोराछोरीको पढाइदिनचर्यामा प्रभाव परिरहेको गालगाउँका स्थानीयवासी जयराजसिंह खड्काले बताए । पानीको मूल संरक्षणका लागि गाउँपालिकासँग कुनै ठोस योजना तथा नीति नरहेको उनले बताए । तर अजयमेरु– ५ र ६ मा देखिएको खानेपानी समस्या समाधानका लागि डिपवोरिङ वा लिफ्ट सिँचाइ योजनाका लागि सम्भावना अध्ययन भइरहेको सो गाउँपालिकाले जनाएको छ ।