२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डडेल्धुरा सदरमुकाममै भेटिए छाउगोठ

अ+ अ-

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डडेल्धुराको सदरमुकाम बजारमै छाउपडी गोठ (महिनावारी भएको बेलामा सुत्ने ठाउँ) भेटिएको छ । बजार छेउमा रहेको अमरगढी नगरपालिका–५ का विभिन्न गाउँमा दर्जनौँ घरमा छाउपडी गोठ भेटिएका हुन् ।

विभिन्न गाउँपालिकाबाट सदरमुकाम आई बसोवास गर्ने यो टोलमा उनीहरुले आफ्ना छोरीबुहारीलाई बस्न घरभन्दा अलि टाढा छाउपडी गोठ बनाएका छन् । धेरैजसो उपल्लो समुदायका महिलाहरूले महीनावारी भएका बेला घरमा राखे देवीदेउता रिसाएर अनिष्ट हुने भन्दै छोरीबुहारीलाई बस्न अलग्गै छाउपडी गोठ बनाइएको बताएका छन् ।

असुरक्षित रहेका यी छाउगोठमा महिनावारी भएका महिलालाई ५/६ दिनसम्म राख्ने गरिन्छ । नगरपालिका सदरमुकाममा रहेको बजार छेउमै कुरीतिका रूपमा रहेको छाउगोठ भेटिएपछि महिला अधिकारकर्मीले आश्चर्य व्यक्त गरेका छन् । एक्काइसौँ शताब्दीमा पनि सदरमुकाम नजिकैका अधिकांश गाउँमा अझै महिलालाई महीनावरी भएको बेला छाउगोठमा राखेर पशुसरह व्यवहार गरिएको महिला अधिकारकर्मीको गुनासो छ ।

डडेल्धुरा सदरमुकाम बागबजार, तुफानडाँडा, खलङ्गा, कीर्तिपुर र पोखरा बजारका क्षेत्रमा महीनावारी भएका बेला बस्ने कोठा अथवा छाउगोठ कायमै रहैको महिला अधिकारकर्मी इन्दिरा ताम्राकारले बताए । रासस