२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सिङ्गमर्मरको मल्टीकलरजस्तै विविधतायुक्त छ नेपाली समाज’ : उपप्रधानमन्त्री पोखरेल

अ+ अ-

काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले सामाजिक सद्भावको जगमा खडा भएको हाम्रो राष्ट्रिय एकतालाई मजबुत बनाएर लैजानुपर्ने आजको आवश्यकता भएको बताएका छन् ।

मधेशी आयोगद्वारा आज यहाँ आयोजित ‘मधेशी समुदायको हकहितको संरक्षण र सम्वर्द्धन तथा सशक्तीकरणसम्बन्धी’ अन्तरक्रिया कार्यक्रममा उनले भने, ‘अग्रगमनतर्फ उन्मुख गौरवपूर्ण इतिहास, धर्म, संस्कृति, मूल्य र मान्यतालाई एकताबद्ध भएर रक्षा गर्नुपर्छ । ‘

उपप्रधानमन्त्री पोखरेलले देशको राष्ट्रियता, स्वाधिनता, स्वाभिमान र स्वतन्त्रतालाई अक्षुण्ण राख्न जरुरी छ भन्दै तराई, पहाड र हिमालको भाग्य एकै ठाउँमा गाँसिएको छ, इतिहासको एउटा कालखण्डमा तराई मधेशका जनताको योगदानलाई नजानिँदो किसिमबाट ओझेलमा पारिएको छ, हामीले अग्रगामी विषयको रक्षा गर्नुपर्छ, पश्चगामी विषयलाई निरन्तरता दिन हुँदैन बताए ।

‘तराई मधेशका जनताको असल चाल चलन, इमान्दारी र प्रचुर मात्रमा रहेको देशभक्ति भावनाको वर्णन गरेरै सकिन्न’लि धेरै होला, कुनै सङ्ख्यामा कमी होला तर बहुजातीय, बहुभाषा, बहुधार्मिक र बहुसांस्कृतिक भएको नेपाल साँच्चिकै सिङ्गमर्मरजस्तै मल्टीकलर देश हो भने ।

नेपाली समाजलाई सुन्दरवस्तुको रुपमा कसरी कायम राख्ने हो भन्ने अहिलेको गहनतम प्रश्न हो भन्दै उनले अग्रगमनतर्फ अघि बढने क्रममा आउने समस्याको ठीक ढङ्गले चित्रण गरेर सामाजिक जागरणको माध्यमबाट सम्बोधनको प्रयास गर्नुपर्छ बताए ।

लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले छिमेकी मुलुकको तुलनामा नेपालको संविधानले समानुपातिक र समावेशीको सिद्धान्तलाई उत्कृष्ट ढङ्गबाट आत्मसात् गरेको बताए ।

उनले भने, ‘हामीले अपनाएको उत्कृष्ट शासन प्रणाली र राज्य व्यवस्थालाई ठीक ढङ्गबाट हिँडाउन र त्यसलाई पृष्ठपोषण गर्ने किसिमले ऐन, नियम र कानून बनाएर अघि बढ्नुपर्छ ।’

थारू आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले मधेशी र थारू समुदायका मुद्दा एकै खालका भएकाले तराई मधेशमा उठेको मुद्दालाई सम्बोधन गर्न दुवै आयोग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मधेशी आयोगका अध्यक्ष विजय दत्तले मधेशी समुदायको समग्र स्थितिको अध्ययन गरी समस्याको पहिचान भइसकेको हुँदा समाधानको उपाय के हुन सक्छ भनी सुझाव लिन कार्यक्रम आयोजना गरिएको बताए ।

तराई मधेश मुलुकको अन्नको भण्डार मात्र होइन, कला, साहित्य, धर्म र संस्कृतिको अनुपम क्षेत्र भएको हुँदा यस क्षेत्रको विकासका लागि नीतिगत, कानूनी र संस्थागत विकास एवं सुधारका लागि आयोगले सरकारलाई सिफारिश गर्ने पनि उनले जानकारी दिए ।