२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बिपदग्रस्त क्षेत्रमा समन्वयात्मक रुपमा खटेर उद्दार गर्न प्रधानमन्त्रीको निर्देशन

अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल बर्षाका कारण देशका विभिन्न ठाउँमा आएको बाढी पहिरोबाट प्रभावितलाई तत्काल उद्दार गर्न र सम्भावित क्षति न्युनीकरण गर्न सम्बन्धित सबै निकायलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले भारतसँगको सीमा क्षेत्रमा दुई देशबीच समन्वय गरी केहि स्थानमा तत्काल बहाव खुलाउने काम भएको र अन्य स्थानमा पनि प्रयास भइरहेको बताएका छन् ।

शुक्रबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा मन्त्रालयगत प्रगति तथा समीक्षा कार्यक्रममा बोल्ने क्रममा उनले विपदमा परेकाको उद्दार र राहतमा कमी हुन नदिन सम्बन्धित निकायलाई निर्देशन दिइसकिएको जनाउँदै उद्दार र राहत कार्यलाई प्रभावकारी बनाउन समन्वयात्मक रुपमा परिचालित निर्देशन दिएका हुन् ।

प्रकोप क्षेत्रमा उद्दारका आवश्यक उपकरण, आवश्यक परेका ठाउँमा हेलिकप्टर र सुरक्षाकर्मी परिचालन भएको प्रधानमन्त्री ओलीले जनाएका छन् । साथै सम्भावित र जोखिम क्षेत्रका सर्वसाधारणलाई सचेत रहनका लागि सुचना प्रणालीलाई चुस्त बनाइएको प्रधानमन्त्रीको भनाइ छ ।

सम्पुर्ण स्थानीय तह र जनप्रतिनिधीलाई पनि पीडितको उद्दारमा खटिन प्रधानमन्त्रीले आग्रह गरेका छन् । बाढी र पहिरोबाट ज्यान गुमाउनेका परिवारप्रति समवेदना प्रकट गर्दै उहाँले यस घडीमा एक अर्काको सहयोगमा जुट्न सबैलाई आह्वान समेत गरेका छन् ।