२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पुल निर्माणमा ढिलाइ, पाँच वर्षमा ५५ प्रतिशत मात्रै काम

अ+ अ-

डडेल्धुरा । डडेल्धुराको रडुवा खोला र सकायल खोलामा निर्माण भइरहेका पक्की मोटरेबल पुल निर्माण गर्ने सम्झौताअनुसारको मिति सकिएको वर्षौं भइसक्दासम्म पनि पुल निर्माण हुन सकेको छैन ।

पुल निर्माण नहुँदा स्थानीय बासिन्दालाई बर्सातको समयमा जोखिम मोलेर खोला तर्न बाध्य हुने गरेको नवदुर्गा गाउँपालिका–२ का स्थानीयवासी रामचन्द्र अवस्थीले बताए ।

अमरगढी नगरपालिका र नवदुर्गा गाउँपालिका जोड्ने रडुवा खोलामा निर्माणाधीन अवस्थामा रहेको रडुवा खोला पक्की मोटरेबल पुल २०७३ सालमा निर्माण सम्पन्न गर्ने गरी जागृति निर्माण सेवा बझाङले २०७१ सालमा जिम्मेवारी पाएको हो । सम्झौता भएको पाँच वर्ष हुँदासम्म पुल निर्माणको जम्मा ५५ प्रतिशत मात्रै काम सम्पन्न भएको बताइएको छ ।

यसैगरी डडेल्धुराकै सकायल खोलामा निर्माण भइरहेको डाँडावन पक्की मोटरेबल पुलको पनि निर्धारित समयावधि सकिएको दुई वर्ष बितिसक्दा पुल निर्माण कार्य करीब ४० प्रतिशत मात्रै सम्पन्न भएको छ । दुई वर्षको अवधिमा निर्माण सम्पन्न गर्ने गरी राजेन्द्र चाँदनी जेभी डडेल्धुराले २०७२ सालमा सम्झौता गरेको थियो ।

गन्यपाधुरा गाउँपालिका र नवदुर्गा गाउँपालिकालाई जोड्ने गरी निर्माण भइरहेको डाँडावन पुलको दुवैतर्फका अपूरा पिलर मात्रै निर्माण भएका छन् । यी दुवै पुलको निर्माण समयमै सम्पन्न नहुँदा नवदुर्गा गाउँपालिका–२, ३ र ४ का स्थानीय बासिन्दालाई बर्सातको समयमा जिल्ला सदरमुकामदेखि अन्य भागमा आवतजावतका लागि समस्या हुने गरेको स्थानीयवासी दीपक अवस्थीको भनाइ छ ।

यी दुवै पुलको निर्माण गर्ने जिम्मेवारी पाएका निर्माण व्यवसायीलाई पटकपटक पत्राचार गरेको भए पनि अटेर गरी काममा ढिलाइ गरेको डिभिजन सडक कार्यालय कुलपाते डोटीका निमित्त प्रमुख वलीराज मल्लले बताए ।

निर्माण व्यवसायीले पुल निर्माणको कामलाई अलपत्र अवस्थामा छोड्दा स्थानीयवासी बर्सातको समयमा जोखिम मोलेर खोला तर्न बाध्य हुने गरेका छन् भने यातायात सञ्चालनमा समस्या हुने गरेको छ । रासस