२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बालविवाह मुक्त वडा बनाउन सामूहिक प्रतिबद्धता

अ+ अ-

डोटी । दिपायल सिलगढी नगरपालिका वडा नम्बर ८ लडागडालाई बालविवाह मुक्त वडा बनाउन सामूहिक प्रतिबद्धता जनाएका छन् ।

गुड नेर्भस ईन्टरनेशनल नेपाल र सामुदायिक विकास केन्द्रको सहयोग तथा वडा कार्यालयको आयोजनामा गरेको बाल अधिकार सम्बद्र्धननेपालमा बालविवाहको अन्त्य विषयक बाल कचहरी कार्यक्रममा जिल्लाका सरोकारवाला निकाय र वडावासीहरूले बालविवाह अन्त्यका लागि हातेमालो गर्दै सामूहिक प्रतिबद्धता जनाएका हुन् ।

बालविवाह अन्यका लागि सामूहिक प्रतिबद्धता गराउँदै दिपायल सिलगढी नगरपालिकाका उप-प्रमुख शिवराज खड्काले बालविवाह जस्ता सामाजिक कुरीतिको अन्य गर्न नगरपालिकाले कुनै पनि कसुर बाँकी नराख्ने बताए । उनले भने ‘दिपायल सिलगढी नगरपालिका भित्र नै बालविवाहको यस्तो अस्वस्था छ भने जिल्लाका अन्य स्थानहरूमा झन् के होला ?’ त्यसैले बाल विवाह, बहुविवाह, छाउपडी प्रथा जस्ता सामाजिक कुरीतिको अन्यका लागि नगरपालिका योजनाबद्ध रूपमा अगाडी बढ्ने छ सहयोगका लागि आग्रह गर्दै उनले भने, ‘अन्य सबैक्षेत्रलाई पनि अनुरोध गरिने छ ।’

बालविवाहलाई न्यूनिकरण गर्न संस्थालेले पनि विभिन्न जनचेतना मूलक कार्यक्रमहरू सञ्चालन गरिरहेको सामुदायिक विकास केन्द्र डोटीका शिक्षा विकास अधिकृत एकराज बडूले बताए । उनले भने ‘हाम्रो पहलमा वडा नम्बर ८ को तथ्याङ्क सङ्कलन गर्‍यौ तिन वर्षको तथ्याङ्क हेर्दा बालविवाहको दर घट्नुको सट्टा बढी रहेको पायौँ’

स्थानीय तह सँगको सहकार्यमा विभिन्न जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै तिन वर्ष भित्र वडालाई बालविवाह मुक्त वडा घोषणा गर्ने लक्ष्य रहेको अधिकृत बडूले बताए ।

सामाजिक कुरीति कुसंस्कारका विरुद्धमा जनचेतना फैलाउन सङ्घ संस्थाको धेरै ठुलो भूमिका रहेको गैरसरकारी संस्था महासङ्घ डोटीका अध्यक्ष रघु बहादुर कठायतले बताए । उनले भने ‘सरकारको प्रतिनिधित्व हुन नसक्ने ठाउँहरूमा गएर गैरसरकारी संस्थाहरूले विभिन्न क्षेत्रको विकास र परिवर्तमा काम गरेको छ ।’

यस क्षेत्रमा पनि सामुदायिक विकास केन्द्र र गुड नेर्भसले लामो समयदेखि काम गरेकोले स्थानीय बासिन्दाहरूको जीवनस्तरमा सुधार भएको देखिएको उनको भनाई छ । साथै बालविवाह छाउपडी, र बहुविवाह जस्ता कुरीतिहरूको अन्यका लागि सबैले सहयोग गर्नुपर्ने बताउँदै उनले यस्ता सवालहरूमा गैरसरकारी संस्थाहरूको निरन्तर प्रयास रहने प्रतिबद्धता जनाए ।

बालविवाह जस्ता सामाजिक कुरीतिका विरुद्धमा अभिभावक र बाल क्लब नै सक्रिय हुनुपर्ने जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरीनायब उपरीक्षक लाल बहादुर धामीले बताए । उनले भने ‘हामी सरोकारवाला भनेका एक दिन आउँछौ, यस्तो गर्नुपर्छ, कानुनले यस्तो भन्दा, बालविवाह गर्दा यस्तो सजाए हुन्छ यस्तो गर्नुहुन्न भनेर जान्छौ तर के गर्दा राम्रो हुन्छ समाजको भलाइ हुन्छ, समृद्ध समाज बन्छ के गर्दा राम्रो हुँदैन भन्ने कुरा तपाइहरूले बुझ्नुपर्छ ।’

अबको दिनमा बालविवाह गराउने र गर्ने अभिभावकहरूलाई तपाइहरूका छोरारोरीले नै प्रहरीको कठ धेरामा उभ्याउने भएको हुँदा २० वर्ष भन्दा कम उमेरमा कसैलाई पनि बालविवाह गर्न र गराउन छुट छैन प्रहरी नायव उपरीक्षक धामीले भने ‘बालविवाहलाई रोक्न प्रहरीले गर्नुपर्ने भूमिकाको बारेमा हामी पूर्ण प्रतिबद्ध छौँ ।’

सबैको प्रयासमा बालबिबाको अन्य सम्भव रहेको वडा नम्बर ८ का वडा अध्यक्ष राम बहादुर खड्काको भनाई छ । उनले भने ‘अन्य वडाको तुलनामा हाम्रो वडामा बालविवाहको अवस्था अलि जटिल अवस्थामा देखिएको छ यसको अन्त्यका लागि हामीले स्थानीय रणनीतिक २०६७ तयार गरिसकेका छौ अब केही दिनमा कार्यान्वयन गछौ ।’

योजना कार्यान्वयन गर्दा केही कानुनी पाटाहरूलाई पनि अगाडी बढाउनु पर्ने भएकोले त्यति बेला जोकोहिलाई पनि समस्या पर्न सक्ने भए पनि अभियानलाई पूर्ण रूपमा सहयोग गर्न उनले सबैलाई आग्रह समेत गरे ।

वडा कार्यालय र सामुदायिक विकास केन्द्र डोटीको पहलमा बालविवाह सम्बन्धी लिएको तथ्याङ्कका आधारमा हेर्दा वडा नं. ८, लडा गडा नगरपालिका भित्र परेपनि बाल विवाह गर्ने बालबालिकाहरूको सङ्ख्या भने धेरै मात्रामा रहेको छ । वि.सं. २०७३ साल वैशाख देखि २०७५ चैत्र महिनासम्मको आँकडा हेर्दा १६३ जनाले बाल विवाह गरेको पाइएको छ जसमा २०७३ सालमा ३८ जना, २०७४ सालमा ५६ जना र २०७५ सालमा ६९ जनाको वाल विवाह भएको देखिन्छ ।

पारिवारिक दबाब, साथीसंगीको लहलहैमा लागेर,अभिभावकको हेरचाह तथा पालनपोषणको अभावमा, राम्रो घर परिवार पाउँदा विवाह गर्ने चलन , भविष्य सुन्दर हुने आसले,सानैछदा विवाह गर्दा राम्रो हुन्छ भन्ने मान्यताका कारण, स्थानीय चाडपर्वको प्रभावका कारण र सामाजिक सञ्जाल मोबाइल र इन्टरनेटका प्रयोगका कारण बढी मात्रामा बालविवाह हुने गरेको कार्यक्रममा सहभागी सरोकारवालाहरू बताउन्छन् । डोटी जिल्लामा वडा कार्यालयले विस्तृत रूपमा बालविवाहको अवस्थाको बारेमा सर्वेक्षण गरेको पहिलो पटक हो ।