२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गृह मन्त्रालयको वार्षिक कार्यक्रम सफल : गृहमन्त्री थापा

अ+ अ-

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले आर्थिक वर्ष २०७५/७६ मा गृह मन्त्रालयले बनाएको कार्यक्रम तथा योजना सफल रहेको बताएका छन् ।

मन्त्रालयमा आव २०७५/७६ को वार्षिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको आजको बैठकमा उनले भने, ‘गत आर्थिक वर्षमा गृहले लिएको जिम्मेवारी कार्यान्वयनमा मूलभूत रुपमा सफल भएका छौंँ, अहिले देखिएका कमिकमजोरीलाई सुधार गर्दै आगामी वर्ष थप सफलता प्राप्त गर्नेगरी योजना बनाउन आवश्यक छ ।’

सरकारले लिएको दिगो विकासको लक्ष्य, १५औंँ आवधिक योजना र २५ वर्षे विकास रणनीति अनुरुपका काम कारवाही र योजना बनाउन उनले गृह मन्त्रालयअन्तर्गतका निकायलाई निर्देशन दिए । गृहमन्त्री थापाले समृिद्धको लक्ष्य प्राप्तिका लागि शान्ति, सुरक्षाको प्रत्याभूति अनिवार्य शर्त रहेको भन्दै सोही अनुरुप सुरक्षामा आवश्यक बजेट विनियोजन हुनुपर्ने टिप्पणी गरे ।

कार्यक्रममा गृहसचिव प्रेमकुमार राईले विगत वर्षका तुलनमा गत आव २०७५/७६ मा गृहका काम कारवाही प्रभावकारी देखिए पनि अझै असार मसान्तमा कामसक्ने परिपाटीको अन्त्य नभएको बताए । उनले भने, ‘जेठ १५ मा बजेट आउँदा पनि असार मसान्तमा मात्रै कामसक्ने अवस्थाको निरन्तरता अझै देखियो, अब गृहअन्तर्गतका निकायले कार्ययोजना बनाउँदा पहिलो चौमासिकभित्र बोलपत्र आह्वान र छनोट गरिसक्ने, दोस्रो चौमासिकमा काम शुरु गरिसक्ने गरी योजना बनाउनुहोला ।/

कार्यक्रममा राष्ट्रिय योजना आयोगका कार्यक्रम निर्देशक शिवरञ्जन पौडेलले गत आवमा गृह मन्त्रालयले लिएको लक्ष्य, कार्यक्रममा उत्साहजन प्रगति देखिएको भन्दै खुशी व्यक्त गरे । बैठकमा गृह मन्त्रालयअन्तर्गतका नीति, योजना तथा कार्यक्रम महाशाखा, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, अध्यागमन विभाग, कारागार विभागलगायतका निकायले आफ्नो वार्षिक कार्यप्रगति विवरण पेश गरेका थिए ।