९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महिलामाथि हुने हिंसा न्यूनीकरणमा सबै लाग्नुपर्छ : मन्त्री थापा

अ+ अ-

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले महिला तथा बालबालिकामाथि समाजमा हुने हिंसा न्यूनीकरणमा सबै लाग्नु पर्ने बताएकी छन् ।

नयाँ बसपार्क क्षेत्रमा पाँच वर्षदेखि महिला हक अधिकारको क्षेत्रमा काम गर्दै आएको ‘महिला उपकार समाज सुधार मञ्च’को पाँचौँ साधारणसभाको अवसरमा आज आयोजित कार्यक्रममा उनले बसपार्क क्षेत्रमा महिला तथा बालबालिकामाथि हिंसा बढी हुने भएकाले यसलाई रोक्नका लागि सबै लाग्नुपर्ने बताइन् ।’ मुलुकको ७७ वटै जिल्लाका नागरिक जमघट हुने क्षेत्र बसपार्क हो, यस क्षेत्रमा विभिन्न बहानामा महिला तथा बालबालिकामाथि हिंसा भइरहेको छ, यसलाई रोक्न महिला नै जागरुक हुनुपर्छ’, मन्त्री थापाले भनिन् ।

उनले गरीबी, बेरोजगारी र अशिक्षाका कारण महिला यौन व्यवसायमा लाग्न बाध्य हुनु परेको र यसलाई रोक्न सरकारले विशेष कार्यक्रम अगाडि सारेको बताइन्। सरकारले महिला हिंसाविरुद्धको अभियानका रुपमा यो वर्षलाई मनाउन लागेको उनले जानकारी दिइन् ।

काठमाडौँ महानगरपालिका–२६ का वडाध्यक्ष ख्यामराज तिवारीले नयाँ बसपार्कलाई नमूना बसपार्क बनाउन महानगरपालिका लागिपरेको बताइन् । उनले महिलाको क्षमता विकास र उनीहरुको समस्या समाधानका लागि वडामा आएर छलफल र सल्लाह गर्न सबैलाई आग्रह गरिन् । टोखा नगरपालिका–९ का वडाध्यक्ष जोगप्रसाद नेपालले नागरिकको सोचाइमा परिवर्तन नभएसम्म महिला तथा बालबालिकामाथि हुने हिंसा रोक्न नसकिने बताइन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले सबैले सकारात्मक सोच राखे मात्र बसपार्क क्षेत्रभित्र हुने विकृति–विसङ्गतिको अन्त्य हुने बताइन् । जिल्ला होटल व्यवसायी सङ्घका अध्यक्ष शैलेश कार्की, काठमाडौँ होटेल व्यवसायी सङ्घका अध्यक्ष पदम लिम्बू, नेपाल होटेल व्यवसायी सङ्घका अध्यक्ष दीपेन सुवेदी, महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख फणीन्द्र प्रसाईं लगायतले बसपार्कभित्र देखिएका विकृति अन्त्य गर्न व्यवसायी नै लाग्नुपर्नेमा जोड दिए। विसं २०७२ भदौ २७ गते स्थापना भएको मञ्चले बसपार्कभित्रका विकृति अन्त्य गर्नाका साथै महिला हकहितका लागि काम गर्दै आएको अध्यक्ष लक्ष्मी भण्डारी ओलीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस