९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संघीय प्रहरी एकाइको भवन निर्माण

अ+ अ-

पोखरा । सङ्घीय प्रहरी एकाइ कार्यालयका लागि साढे दुई तल्ले १६ कोठे आधुनिक सुविधासम्पन्न भवन निर्माण गरिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कोषको रु दुई करोड ७८ लाख ७० हजार २९६ को लागतमा सो भवन निर्माण गरिएको हो ।

सोही कार्यालयको हातामा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कोषको रु तीन करोड २५ लाखसात हजार ५८६ को लागतमा ब्यारेक भवन निर्माण गरिने भएको छ ।

आव २०७६/७७ सम्ममा निर्माण गरिने लक्ष्य रहेको तीनतल्ले सुविधासम्पन्न उक्त भवनमा ब्यारेकसहित भान्छा, स्नानगृह, शौचालयलगायत अन्य आवश्यक पूर्वाधार रहनेछन् ।नवनिर्मित उक्त भवन आज यहाँ उद्घाटन गर्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी सेवाको प्रभावकारिता बढाउन भौतिक पूर्वाधार अपरिहार्य भएको बताए ।

समाज एवम् राष्ट्रको शान्तिसुरक्षामा नेपाल प्रहरीले निरन्तर महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ भन्दै उनले शान्ति र सुक्षाको प्रभावकारिताका लागि नवनिर्मित भवन बहुउपयोगी बन्ने विश्वास व्यक्त गरे।

पर्यटकीय नगरी पोखराको लेकसाइडमा केही समययता देखिएका विकृतिजन्य क्रियाकलाप तथा सुरक्षासँग सम्बन्धित समस्या समाधानका लागि स्थानीय तहसँग समन्वय गर्न प्रहरी महानिरीक्षक खनालले प्रहरीलाई निर्देशन दिए ।उनले निकट भविष्यमा सोही कार्यालयको हाताभित्र निर्माण गरिने ब्यारेक शिलान्यास गरे ।

गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव मनोहरप्रसाद खनालले मुलुकको शान्ति र सुरक्षामा अहोरात्र खट्ने प्रहरीलाई साधनस्रोत सम्पन्न बनाउन प्रदेश सरकार कटिबद्ध रहेको बताए ।

सुरक्षामा सहयोग पुर्‍याउने उद्देश्यअनुरुप प्रदेश सरकारले प्रहरीलाई रू७० लाख बराबरको ३५ थान मोटरसाइकल उपलब्ध गराएको बताउँदै उनले चालू आवमा भौतिक संरचना निर्माणका लागि रु ३२ करोड विनियोजन गरेको जानकारी दिए । प्रहरी नायब महानिरीक्षक विनोद शर्मा घिमिरेले समाजमा शान्तिसुरक्षा कायम गर्न आचारसंहिता बनाएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

संघीय प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक पूजा सिंह, नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष दीपेन्द्र श्रेष्ठ, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारी, प्रहरी निरीक्षक चतुर्भुज बोहोरालगायतले नवनिर्मित भवनसँगै प्रहरी सेवाको प्रभावकारिता वृद्धि हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा भवन निर्माणमा योगदान पुर्‍याएका प्रहरी नायब निरीक्षक गणेश पाण्डे, हबल्दार बुद्धि श्रेष्ठ र जवान गौतम कुमाललाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस