२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चार वर्षपछि बालविवाह आरोपितलाई कैद सजाय

अ+ अ-

सप्तरी । बालविवाह र बहुविवाहको आरोप लागेका सप्तरीको डाक्नेश्वरी नगरपालिका– ३ तरहीका ४१ वर्षीय हुलासप्रसाद साहलाई चार वर्षपछि कैद सजाय र जरिवाना गरिएको छ । सप्तरीको कञ्चनरुप नगरपालिका– ६ ९पूर्वपिप्रा गाउँ०की १४ वर्षीया बालिकासँग विवाह गरेका साहलाई जनकपुर उच्च अदालतको राजविराज इजलाशले एक वर्ष कैद र पाँच हजार जरिवाना गर्नाका साथै बालविवाह गरेकामा रू १० हजार जरिवाना गरेको थियो ।

मुख्य न्यायाधीश तीलप्रसाद श्रेष्ठसमेतको इजलासले बालविवाह गराइदिएकामा सोही स्थानका बालिकाका बुबा सागर साहलाई एक हजार जरिवाना तोकेको थियो । इन्सेकका जिल्ला प्रतिनिधि मनोहरकुमार पोखरेल नेतृत्वको टोलीले हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भारदहस्थित कङ्कालिनी मन्दिरमा ०७२ जेठ १५ गते आरोपीले बालविवाह र बहुविवाह गरिरहेको भन्दै सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकामा प्रहरीले आरोपीलाई तत्कालै पक्राउ गरेको थियो ।

जनकपुरको भानु चोककी बीनादेवी साहसँग २०५० सालमा पहिलो विवाह गरेका आरोपीका जेठी श्रीमतीतर्फ २३ वर्षीया एक छोरी छ । जेठीबाट छोरा नभएको भन्दै आरोपीले बालिकासँग दोस्रो विवाह गरेका थिए । सो मुद्दामा जिल्ला न्यायाधीश विनोदकुमार गौतमको इजलासले विसं ०७३ चैत २१ गते आरोपीलाई सफाइ दिने फैसला गरेको थियो ।

विवाह भइरहेको जानकारी गराएलगत्तै प्रहरीले आरोपीलाई पक्राउ गरेको भए वा विवाहपछि पक्राउ परेका आरोपीविरुद्ध जिल्ला अदालतले सफाइ नदिएको भए बालविवाह र बहुविवाह रोकिने सम्भावना थियो तर चार वर्ष ढिलो फैसला हुँदा कसुरदारलाई सजाय भए पनि विवाह भने बदर हुन नसकेको अधिवक्ता मीना देवले बताइन् ।रासस