२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माथिल्लो भोटेकोशी आयोजनाको काम अन्तिम चरणमा

अ+ अ-

चौतारा । पटक पटकको प्राकृतिक प्रकोपबाट तहसनहस भई झण्डै छ वर्षदेखि बन्द रहेको निजी क्षेत्रबाट सञ्चालित ४५ मेगावाट क्षमताको माथिल्लो भोटेकोशी आयोजनाको पुनःनिर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

सिन्धुपाल्चोकको भोटेकोशी गाँउपालिकाअन्तर्गत तातोपानीमा बाँधस्थल र फुल्पीङकट्टीमा विद्युत् गृह रहेको सो आयोजनाको पुनःनिर्माणको कार्य हालसम्म ९० प्रतिशत काम सम्पन्न भई चाँडै नै विद्युत् उत्पादन गरिने आयोजनाका कार्यकारी अधिकृत विक्रम स्थापितले जानकारी दिए ।

हाल बाँधमा पानी भर्ने काम भइरहेको हुँदा तिहार अघि नै परीक्षण गरिने कार्यक्रम रहेकाले उत्पादित विद्युत् चाँडै नै राष्ट्रिय प्रसारण लाइनमा जोडिने कार्यकारी अधिकृत स्थापितको भनाइ छ । उक्त आयोजनाको पुनः निर्माण कार्यको लागि दुई वर्ष अघि रु सात अर्वमा चीनको सिनो हाइड्रो ब्यूरो ११ सँग सन् २०१९ को अन्त्यसम्म सम्पन्न हुने गरी ठेक्का सम्झौता भएको थियो ।

गत असार २१ गते राति चाकुखोलामा आएको बाढीले प्रसारण लाइनको पाँच वटा टावरमा क्षति पुगेको थियो । हाल त्यसको मर्मत कार्य भइरहेकाले दशैँअघि नै सम्पन्न गरिने बताइएको छ । उक्त आयोजनालाई २०७१ साउन १७ गतेको जुरे पहिरोले प्रसारण लाइनका केही टावरमा क्षति पुगे पछि चार महीना बन्द भएको थियो । मर्मत पछि पुनः सञ्चालनमा आएलगत्तै २०७२ साल वैशाख १२ गतेको भूकम्पले क्षति पुर्‍याएपछि मर्मत कार्य हुँदै गर्दा २०७३ असार तेस्रो सातामा आएको भोटेकोशी बाढीले तहसनहस पारेपछि २०७४ सालमा पुनःनिर्माणको काम शुरु भएको हो ।

तातोपानीको १० किलोमा बाँध बाधेर ३.५ किमि सुरुङद्वारा फुल्पीङकट्टीे झिर्पुस्थित विद्युत् गृहमा पानी खसालिएको थियो । भूकम्प र बाढीले सुरुङ मार्ग र विद्युत् गृहबाहेक बाँध, पेनस्टक पाइप, प्रसारण लाइनको केही टावर तथा त्यहाँ जडित सम्पूर्ण मेशिनरी सामान तथा उपकरण समेतमा क्षति पुगेको आयोजनाले जनाएको छ ।रासस