२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपलब्धि संस्थागत गर्न एकजुट हुनुपर्छ : मन्त्री विश्वकर्मा

अ+ अ-

काठमाडौं । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले दलित समुदायको विषयमा प्राप्त उपलब्धिलाई संस्थागत गर्न एकजुट हुनुपर्न धारणा व्यक्त गरेका छन् । आज यहाँ आयोजित ‘जातीय विभेद अन्त्यका लागि प्रवासी नेपालीहरुको भूमिका’ विषयक दुईदिने अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै मन्त्री विश्वकर्माले दलित समुदायबारे संविधानमा उल्लेख अधिकारलाई आवश्यक कानून बनाएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

‘संविधानमा दलित समुदायका बारेमा धेरै अधिकार सुनिश्चित भएको छ, तर त्यसलाई कानून बनाएर कार्यान्वयन गर्ने विषयमा चुनौती छ, त्यसको सामना गर्नका लागि पनि देश र विदेशमा रहेका सम्पूर्ण दलित समुदायबीच एकतासँगै संघर्ष गर्नुपर्ने आवश्यक छ’, मन्त्री विश्वकर्माले भने । दलित समुदायले गर्दै आएका पेशा व्यवसायलाई व्यवस्थित र आधुनिकीकरण गर्दै त्यसलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने मन्त्री विश्वकर्माको भनाइ थियो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मानबहादुर विश्वकर्माले संविधान कार्यान्वयनमा चुनौती देखिएको भन्दै कार्यान्वयनमा दलित महिला, दलित, मधेशी, आदिवासी जनजातिलगायत सम्पूर्ण उत्पीडित समुदायबीचको एकता आवश्यकता छ भने । पछिल्लो समयमा जातीय भेदभाव तथा छुवाछूतका घटना दिनप्रतिदिन बढ्दै गएको र त्यसबारे सरकार गम्भीर नभएको भन्दै उनले गुनासो गरे ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तिलक परियारले पछिल्लो समयमा लोकसेवा आयोगले संविधानमा भएको व्यवस्था विपरीत प्रकाशन गरेको विज्ञापनबाट पनि संविधान कार्यान्वयनमा चुनौती छ भने। सांसद लक्ष्मी परियार, पूर्वमन्त्री जीतु गौतम, समाजवादी पार्टीका सचिव दुर्गा सोवलगायतले व्यावहारिक रुपमै राज्यका हरेक संरचनामा दलित समुदायको समान सहभागिता हुनुपर्नेमा जोड दिए ।

नासो कम्युनिटी युएसए र जातीय विभेदविरुद्ध विश्व मञ्च युएसएलगायतका संघ/संस्थाघद्वारा आयोजित दुई दिनसम्म सञ्चालन हुने सो सम्मेलनमा दलित अधिकारकर्मीहरु डा.विष्णुमाया परियार र डा.निर्मला विश्वकर्मालगायतले दलित आन्दोलनको अबको बाटो, दलित समुदायको अधिकार, वर्तमान अवस्था लगायतका विषयमा कार्यक्रम प्रस्तुत गर्नेछन्।रासस