२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुलुक विधिको शासनमा अघि बढ्दै छ : अध्यक्ष तिमिल्सिना

अ+ अ-

पर्वत । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुक विधिको शासनबाट अघि बढ्दै गएको बताएका छन् । पर्वतको ‘लाइफलाइन’का रुपमा रहेको लुङ्खुदेउराली–हुवास सडक कालोपत्र निर्माण कार्यको आज शिलान्यास गर्दै अध्यक्ष तिमिल्सिनाले मुलुकमा तीनै तहका सरकार बनेपछि संविधानको कार्यान्वयनसमेत प्रभावकारी बनेको बताउँदै राज्यका सबै संयन्त्रहरु संविधानप्रदत्त तवरबाट अघि बढेको बताए ।

‘मुलुक विधिमा चल्नु भनेकै समृद्धिको मुख्य आधार हो’, अध्यक्ष तिमिल्सिनाले भने । उनले संविधानभन्दा कोही पनि माथि हुन नसक्ने बताउँनै कानूनविपरीतका कार्य गर्ने एक दिन कारवाहीको दायरामा आएरै छाड्ने बताए ।

अध्यक्ष तिमिल्सिनाले वर्तमान सरकारले छोटो समयमै दूरगामी प्रभाव पार्ने काम गरिरहेको बताउँदै सरकारलाई काम गर्ने वातावरण सिर्जना गरिदिनुपर्नेमा जोड दिए । अबको समय भनेको पूर्वाधार निर्माणको भएकाले शुरुआत भएका ठूला योजनालाई सम्पन्न गर्न सबैले सहयोग गर्नुपर्ने बताए ।

उनले पर्वतमा नयाँ सडक खोल्नुपर्ने आवश्यकता नरहेको बताउँदै पुराना सडकलाई स्तरोन्नति गर्दै जानुपर्ने बताए । उनले अबको पाँच वर्षभित्रमा पर्वतका सबै वडासम्म पक्की बाटोको पहुँच पुग्ने बताउँदै यसका लागि आफूले पनि पहल गर्ने बताए ।

कार्यक्रममा गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले ग्रामीण क्षेत्रको विकासविना मुलुकको समृद्धि हुन नसक्ने बताए । शहरबजारको विकास र विस्तारबाट मात्र समृद्धि नआउने बताउँदै गाउँकै विकास गरेर नागरिकलाई गाउँमै बस्ने वातावरण सिर्जना गरेमा मात्र नेपालीको जीवनस्तरमा समृद्धि आउने बताए ।

उनले विगतमा कालापानी भनेर चिनिने पर्वतका दक्षिण क्षेत्रमा अहिले विकासको लहर छाएको बताउँदै अबको पाँच वर्षभित्रमा सबैभन्दा बढी विकास भएको क्षेत्रका रुपमा देखिने दाबी गरे।

लुङ्खु–हुवास सडक १४ दशमलव ९८ किलोमिटर रहेको छ । रु ३६ करोड ९६ लाख ९३ हजारको लागतमा निर्माण हुने उक्त सडक दुई वर्षभित्रमा सम्पन्न हुने भएको छ । विसं २०७८ कात्तिक १४ गतेसम्म सडकको सम्झौता अवधि रहेको छ । सडक निर्माणको जिम्मा श्री हिमदुङ एण्ड थोकर प्रालीले पाएको छ । यो सडक कालोपत्र भएपछि पर्वतको सुदूर दक्षिण पर्वतको हुवासलाई कालोपत्र सडकले जोड्नेछ । जिल्लाको पैँयु र विहादी गाउँपालिकासम्म कालोपत्र सडकमा यात्रा गर्न सकिनेछ ।