२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘नेपालका अन्य नगरपालिकालाई पनि सिटीनेटको विकल्पमा राख्न आग्रह’

अ+ अ-

ललितपुर । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालका सबै नगरपालिकालाई एशिया– प्रशान्त क्षेत्रका विभिन्न नगरपालिकालगायत तिनीहरुसँग सरोकार राख्ने लगानीकर्ताहरुको संस्था (सिटीनेट) को सदस्य बनाउन आग्रह गरेका छन् ।

ललितपुर महानगरपालिकाको आयोजनामा आजदेखि शुरु भएको सिटीनेटको ३८औँ अन्तरराष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले नेपाल सरकारले देशलाई समृद्ध बनाउन कृषि उत्पादनमा थप जोड, देशमा सम्भावना भएसम्मको खनिज उत्खनन, जलवायु परिवर्तन र पर्यटन विकासमा जोड दिन लागिपरेको बताए ।

उनले मुलुकको विकासका लागि वैदेशिक लगानीको अति नै खाँचो रहेको औँल्याए । नेपालको समृद्धि बढाउने पूर्वाधार भनेकै पर्यटन रहेकाले भ्रमण वर्ष २०२० मा सबै सदस्य राष्ट्रका मानिसलाई सपरिवार नेपाल घुम्न आउन आग्रह गरे ।

सिटीनेटका सचिव तथा दक्षिण कोरियाको राजधानी नगर सिउलका प्रमुख पार्क वोन–सुनले सदस्य राष्ट्रका नगरपालिकालाई सो सम्मेलनबाट दिगो विकासको रणनीति हासिल गर्न सहयोग पुग्ने बताए । सिटीनेटका महासचिव विजय जगनाथनले पाटनको सम्पदा क्षेत्रभित्र दुई र चारपाङ्ग्रे सवारी साधन निषेध गर्न अति नै आवश्यक रहेको औँल्याए ।

ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले नेपाल २९ वर्षअघि देखि सिटीनेटमा आबद्ध भएको जानकारी गराए । उनले भने, ‘एशिया प्रशान्त क्षेत्रका बढी राष्ट्रहरु सिटीनेटमा आबद्ध भएका छन् ।’ महानगरपालिकाभित्र रहेको सम्पदाको प्रचारप्रसारका लागि भविष्यमा महानगरपालिकाले सम्पदा तथा दिगो पर्यटनसम्बन्धी सम्मेलन गर्ने योजना बनाएको प्रमुख महर्जनले बताए ।

सिटीनेटमा हालसम्म विभिन्न मुलुकका १५६ सदस्य रहनुका साथै २२ देशका १३५ नगरपालिका संलग्न रहेका छन् । सिटीनेटमा नेपालका १४ वटा नगर सदस्य बनेका छन् ।रासस