२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वैदेशिक रोजगार विभागका कर्मचारीलाई सदाचार र सत्यनिष्ठाको पाठ

अ+ अ-

काठमाडौँ । वैदेशिक रोजगार विभागका महानिर्देशक डा. भीष्मकुमार भूसालले विभाग तथा मातहतका कार्यालय र शाखामा कार्यरत कर्मचारीहरुलाई सदाचार र सत्यनिष्ठाको पाठ पढाएका छन् ।

वैदेशिक रोजगार विभाग र मातहतका कार्यालय/शाखाहरुमा कार्यरत कार्यालय सहयोगी देखि निर्देशकसम्म सबै तहका कर्मचारीहरुका लागि आयोजित सदाचार र सत्यनिष्ठाको संस्थागत विकास सम्बन्धी एक दिने कार्यशाला गोष्ठिको आयोजनागर्दै सत्य निष्ठालाई व्यक्तिगतबाट संस्थागत गर्दै कसरी लैजाने र भन्ने विषयमा प्रशिक्षण दिएका हुन् । उक्त प्रशिक्षणबाट विभागले नेतृत्व फेरिए पनि संस्थागत सदाचार र सुशासनमा कुनै नकारात्मक असर नपर्ने अपेक्षा लिएको छ ।

संसारमा परिवर्तन गर्न सबैभन्दा गारो मानिएको सोंचलाई नै परिवर्तन गर्न सके मात्रै आनी, बानी र व्यवहारमा सुधार आउने महानिर्देशक डा. भूसालको भनाई छ

‘जवसम्म सदाचार र सुशासन संस्थागत हुँदैन तवसम्म परिवर्तन दीगो हुँदैन’ भूसालले भने, ‘जुनसुकै नेतृत्व आएपनि सबै तहका कर्मचारीमा सदाचार र सत्यनिष्ठा भई दिने हो भने त्यो कार्यालय कहिल्यै बदनाम हुँदैन’

सरकारी कार्यालयहरुले अनेकखाले तालिम, सेमिनार तथा गोष्ठीहरु गर्दै आएको भएपनि व्यक्तिगत जीवनदेखि सार्वजनिक जीवनसम्मै उपयोगी सत्यनिष्ठाको तालिम गरेको भने त्यति धेरै सुन्न पाईदैन । नेपालमा विगतमा सबैभन्दा बदनाम अड्डाहरु मध्ये एक संस्थाको रुपमा चित्रित गरिँदै आएको वैदेशिक रोजगार विभाग नेतृत्वले थालनी गरेको यो प्रयासले के साच्चिकै त्यहाँ काम गर्ने कर्मचारीको व्यवहारमा परिवर्तन आउला त ? यो आम नागरिकको प्रश्न हो । यसै सन्दर्भमा हामीले विभागका महानिर्देशक डा. भूसाललाई सोधेका थियौँ ।

देश मात्रै होइन, विदेश जाने नेपालीहरुले पनि नाम मात्रै सुन्दा पनि विगतमा नाक खुम्च्याउनु पर्ने अवस्थाबाट गुज्रदै आएको कार्यालयमा तपाईले दिने सत्य निष्ठाको क्लासले प्रभाव पार्ला त ?
यो त विगत ७ महिनाको नतिजाले देखाइरहेको छ । प्रभाव नपरी धरै छैन । सुधार त नआई सुखै छैन । छ महिना अघि आयोजना गरेको एउटा कार्यक्रम पछि जो सोँच परिवर्तन गर्न सक्दिन कि ? फिटै हुन सक्दिन कि ? भन्ने सोच्नेहरु पनि थिए नि । अहिले त्यो अवस्था रहेन ।

जसलाई सदाचार र सत्यनिष्ठाको यो बाटो हिड्न सक्दिन कि जस्तो लाग्छ उनीहरुका लागि यही ठाउँमा रहीरहनु पर्छ भन्ने छैन । जसले आँट गरेका छन् निर्धक्कसँग अहिले पनि सुरक्षित महसुस गर्दै सेवा प्रवाह गरिरहेका छन् । भींडभाडमा कामगर्दा हिजोका दिनमा फसिने÷डुबिने पो हो कि भन्ने जुन त्रास थियो त्यो अब रहेन । किनकी सदाचार संस्थागत नहुँदासम्म अर्कोले बदमासी गरे भने पनि गल्ति नै नगर्ने व्यक्ति पनि फस्ने डर जो कोहीमा हुन्छ । त्यसैले संस्थामा एक दुई जना सदाचारी भएर मात्रै हुँदैन, समग्र सदाचारलाई संस्थागत गर्न सकियो भने सबै कर्मचारी ढुक्कले पूर्ण क्षमतामा काम गर्न सक्छन् । भोली अरु संस्थामा जाँदा पनि हिजोको त्यस्तो बदनामित संस्था हुँदा हामीले सुधार गर्न सक्यौँ भनेर गौरव गर्न पनि सक्ने भए । त्यसैले अवश्य सेवाग्राहीले सुधारको महसुस गर्न पाउनेछन् ।

हरेक चुनौतीलाई अवसरमा बदल्न सके त्यसले व्यक्तिगत रुपमा आत्म सन्तुष्टिका साथै संस्थागत रुपमा सुधार ल्याउन सकिन्छ भन्नेमा केही विश्वस्त देखिएका उनलाई थप अर्को प्रश्न सोधेका थियौँ ।

भोली आईतबार वैदेशिक रोजगार विभाग अन्तर्गतका कार्यालयमा सेवा लिन जाने सेवाग्राहीप्रति कर्मचारीले उच्च नैतिकता र सदाचारिताको व्यवहार प्रस्तुत गर्नेछन् हैन त ?
अपेक्षा चाहिँ त्यही हो । संस्थामा सदाचारको साथसाथै सेवाग्राहीसँग गरिने व्यवहार सकरात्मक होस् भन्ने नै हो । सेवा लिन कति टाढा टाढादेखि आईरहेको हुन्छ, ती सेवाग्राहीको ठाउँमा आफूलाई उभ्याएर कर्मचारीले त्यो सेवाग्राहीको ठाउँबाट हेरेर म उसको ठाउँमा भएदेखि मैले के सोच्थेँ होला, के अपेक्षा गर्थे होला? भन्ने भावना सरकारी कर्मचारीलाई जगाउन सकियो भने संस्था र सरकारप्रति नागरिकको विश्वास बढ्ने मात्र हैन, स्वयं कर्मचारीले पनि गौरव गर्ने दिन देख्न धेरै कुर्नु पर्दैन ।

एकसय भन्दा बढीको उपस्थिति रहेको उक्त कार्यशालामा डा. भूसालले सदाचार र सत्यनिष्ठालाई संस्थागत कसरी गर्न सकिन्छ भन्ने बिषय, सत्यनिष्ठापूर्ण नेतृत्व विकास र सेवाग्राहीसँग गरिनुपर्ने सञ्चार सीपको बारेमा तथा डा. राजु अधिकारीबाट आचार विचार तथा व्यवहारसँग आहारको सम्बन्ध र सार्वजनिक सेवामा सामाजिक मूल्य मान्यता, समभाव, योग तथा अध्यात्मको महत्व बिषयमा रोचक र सहभागितामूलक प्रस्तुति दिएका थिए ।