काठमाडौं । सरकारले ओमानसँग पनि श्रम सम्झौता गर्ने तयारी गरेको छ । दुवै देशबीच पटकपटकको बार्ता र छलफलबाट समझदारीको मस्यौदामा सहमति जुटेसँगै नेपाल सरकारले ओमान सरकारसँग एमओयू गर्ने तयारी गरेको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ओमानसँग श्रम समझदारीका लागि मन्त्रीपरिषदबाट स्वीकृत भएको मस्यौदा ओमान पठाइसकेको बताएको छ ।
ओमानसँगको श्रम सम्झौताको मस्यौदा कात्तिकको पहिलो हप्ता नै मन्त्रीपरिषदले स्वीकृत गरिसकोको छ ।
श्रम सम्झौताका लागि दुई देशबीच आदानप्रदान भएको मस्यौदा दुवै देशको मन्त्रिपरिषदबाट स्वीकृत हुनु पर्छ ।
सो मस्यौदा नेपालको मन्त्रिपरिषद बैठकले स्वीकृत गरेर श्रम मन्त्रालयले ओमान सरकारलाई सम्झौताका लागि नेपाल आउन पत्राचारसमेत गरिसकेको छ ।
नेपालबाट पठाएको मस्यौदा ओमान सरकारले पनि आफ्नो मन्त्रिपरिषदबाट स्वीकृत गरेर सम्झौताका लागि छिट्टै नेपाल आउने श्रम मन्त्रालयले जनाएको छ ।







