१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘मानवता विरोधीकार्य गर्नेलाई कारवाही हुन्छ’

अ+ अ-

विराटनगर । प्रदेश नं–१ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले मानवता विरोधी कार्य गर्नेलाई कानूनअनुसार कारवाही गरिने बताएका छन् ।

राष्ट्रिय मानवाधिकार आयोग प्रदेश नं–१ कार्यालयद्वारा आज यहाँ आयोजित ‘सबैका लागि घर–घरमा मानवाधिकार : शान्ति र विकासको आधार’ प्रमुख नाराका साथ ७१औँ अन्तर्राष्ट्रिय मानवाधिकार दिवस तथा मानवाधिकार प्रदेश महाभेला–२०७६को सन्दर्भमा ‘दलित मानवाधिकारको अवस्था र चुनौती’ विषयक अन्तक्रिया कार्यक्रमको उद्घाटन गर्दै उनले छुवाछुतको विरोधमा उजूरी नलिने प्रहरीमाथि पनि कारवाही हुने बताए ।

मन्त्री कार्कीले मानवाधिकार विषयमा राज्यले तय गरेको न्यूनतम मापदण्ड पूरा गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै आर्थिक र सामाजिक कारणले प्रश्रय पाएको यस्तो घिनलाग्दो विषयलाई समाजबाट हटाउन सबै सजग बन्नुपर्नेमा जोड दिए ।

प्रमुख न्यायाधिवक्ता चुडामणि आचार्यले मानवसभ्यताका कलङ्कका रुपमा रहेको छुवाछुत हटाउन सबैले आ–आफ्नो स्थानबाट पहल गर्नुपर्ने बताए । प्रहरी उपरीक्षक विश्व अधिकारीले मानव मर्यादा र प्रतिष्ठामा आँच आउने छुवाछुतलाई प्रश्रय दिनेलाई कारवाही हुनुपर्नेमा जोड दिए ।

नेपाल पत्रकार महासंघ प्रदेश समितिका अध्यक्ष विक्रम लुइँटेल, अनौपचारिक क्षेत्र सेवा केन्द्रका प्रमुख सोमराज थापा, सहायक प्रमुख जिल्ला अधिकारी सुरेश सुनार, नेपाली काँग्रेस मोरङका सचिव यदु विष्ट र राष्ट्रिय मानवाधिकार आयोगका प्रमुख मोहनदेव जोशीले सामाजिक परिवर्तनको दिशातर्फ हामी सबैले एकजुट भएर लागेमा छुवाछुत प्रथा हट्ने विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस