२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रिहाईको माग गर्दै संघर्षका कार्यक्रम सार्वजनिक

अ+ अ-

डोटी । डोटी जिल्लाको जोरायल गाउँपालिका–वडा नम्वर १ अन्तर्गतको खार खोप केन्द्रमा मंगलवार खोप लगाए पछी स्थानीय प्रविण मल्लको मृत्यु पश्चात पिडीत पक्षको किटानी जाहेरी पछि प्रहरीले स्वास्थ्यकर्मी हिरादत्त भट्टलाई पक्राउ गरी हिरासतमा राखेको विरोधमा डोटीमा स्वास्थ्य कर्मीहरुले रिहाईको माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत गृह सचिवलाई ज्ञापन पत्र पठाएको छ ।

ज्ञापन पत्रमा उल्लेख गरिएको छ मंगलबार भएको घटनालाई लिएर आफ्नो कर्तब्य निवार्ह गरिरहेका स्वास्थ्यकर्मी हिरा दत्त भट्टलाई पीडीत पक्षको किटानी जाहेरी पछि जिल्ला प्रहरी कार्यालले पक्राउ गरी हिरासतमा लिई हामी सबै स्वास्थ्यकर्मीको मानसिकका साथै मनोमबल खस्कने काम प्रहरीबाट भएको हुदाँ स्वास्थ्यकर्मी भट्टको रिहाईको माग गरिएको छ ।

पत्रमा भनिएको छ घटनामा हामी सबै स्वास्थ्य कर्मीहरुबाट पूर्ण रुपमा अनुसन्धानमा सहयोग तथा समन्वय गर्ने भएको हुदाँ घटनामा स्वास्थ्यकर्मीमाथी मुद्धा दर्ता खोप ऐन तथा नियमावली अनुसार भई अनुसन्धान हुनुपर्ने कुरा उल्लेख गरिएको छ ।

स्वास्थ्यकर्मीमाथि प्रहरीले किटान जाहेर मुद्धा दर्ता गरी पक्राउ गरेको विरोधमा मंशिर २४ गते कालो पट्टी बाधेर विरोध गर्ने, २५ गते जिल्ला भरि खोप सेवा बन्द गर्ने र पुस १ गते देखि जिल्ला भरी आकस्मिक सेवा बाहेकका अन्य स्वास्थ्य सेवा बन्द गर्ने संघर्षका कार्यक्रमहरु सार्वजनिक गरिएको समेत ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

मंगलवार दिउसो २ बजे खोप लगाएर प्रविणलाई घर लगिएको राती सुतेकी अवस्थामा मृत्यु भएको हुदा खोपकै कारणले मृत्यु भएको मृतकका परिवारले दाबी गरेको छ । उनलाई डीपीटी पेण्टा खोप लगाएको स्वास्थ्य कार्यालय जनाएको छ ।