२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अध्यक्ष प्रचण्डलाई भेट्न माधव नेपाल खुमलटारमा

अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठकअघि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न वरिष्ठ नेता माधवकुमार नेपाल खुमलटार पुगेका छन् ।

आज दिउँसो १ बजेबाट नेकपाको स्थायी समिति बैठक बस्दैछ । बैठकका एजेण्डामा छलफल गर्न पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सचिवालय बैठक पनि बस्दैछ।

अध्यक्ष प्रचण्डले मंसिर ४ देखि पार्टी सञ्चालनको कार्यकारी जिम्मेवारी पाएपछि दुई पटक सचिवालयको बैठक राखेर आइतबारका लागि एक वर्षदेखि बस्न नसकेको स्थायी समिति बैठक बोलाएका हुन् ।

बैठकमा दाहालले पार्टीको राजनीतिक प्रतिवेदन अनुसार हुने गरी अन्तरिम विधानको प्रस्तावना, वामदेव गौतमलाई उपाध्यक्ष बनाउने गरी विधान संसोधन प्रस्तावका साथै आफूले तयार पारेको राजनीतिक प्रतिवेदन पेश गर्नेछन्।

दुई दिनसम्म कुनै राजनीतिक भेटघाट नगरी प्रचण्डले पार्टीको आगामी कार्ययोजना सहितको १७ पृष्ठ लामो राजनीतिक प्रतिवेदन तयार पारेका छन्। उनले शनिबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर प्रधानमन्त्री केपी ओलीसँग त्यो प्रतिवेदन माथि छलफल गरेका थिए।

प्रचण्डले तयार पारेको राजनीतिक प्रतिवेदन र त्यसमा समेटिएका कार्ययोजनादेखि पार्टी स्थायी समिति बैठक सम्मका एजेण्डामा वरिष्ठ नेता नेपालले चासो राखेका छन् । पार्टी सचिवालयमा अहिले उनलाई प्रतिपक्ष नेताका रुपमा हेरिने गरेको छ। जसकाकारण पनि उनी पक्षधर नेताहरुले यस स्थायी समिति बैठकमा खेल्ने रणनीतिलाई नेकपाभित्र अर्थपूर्ण रुपमा हेरिएको छ।

नेपालले आफूले विगतका सचिवालय बैठकमा राखेका फरक मतदेखि सचिवालय विस्तार गरी तत्कालिन एमाले तर्फका तीन उपाध्यक्ष भीम रावल, अष्टलष्मी शाक्य र युवराज ज्ञवालीलाई समेट्नु पर्नेमा पनि जोड गरिरहेका छन्।

स्थायी समितिमा यो विषय नेताहरुले उठाएपनि निर्णयका रुपमा पुग्ने सम्भावना भने कम देखिएको छ। प्रचण्डले भने दुई महिना पार्टी एकताको सन्देश लिएर सात वटै प्रदेशमा राष्टिय अभियान लिएर जानुपर्ने, आगामी माघ पहिलो साता केन्द्रीय समिति बैठक बोलाउने लगायतका कार्ययोजना सहितको प्रस्ताव तयार पारेका छन्।

सकभर पार्टी बैठकलाई विवादरहित बनाउने उदेश्यले प्रचण्डले बैठक अगाडी पार्टीभित्र देखिने विभिन्न समीकरणलाई ख्याल गर्दै आन्तरिक छलफल गरिरहेका छन्। त्यही क्रममा उनले अर्का अध्यक्ष ओलीसँग शनिबार दिउँसो आइतबार बिहान नेता नेपालसँग छलफल गरेका हुन् । आइतबार बिहानै प्रचण्डले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठसँग पनि छलफल गरेका थिए।

माधव नेपालले प्रचण्डसँग छलफल गर्दा प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि सँगै रहेको खुमलटार स्रोतले बताएको छ । प्रचण्डसँगको छलफलपछि वरिष्ठ नेता नेपाल र प्रवक्ता श्रेष्ठ सँगसँगै खुमलटारबाट बाहिरिएका थिए।