२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुलुकभरका होटल व्यवसायी सुर्खेतमा

अ+ अ-

सुर्खेत । आजदेखि शुरु हुने होटल व्यवसायी महासंघको राष्ट्रिय महाधिवेशन लागि मुलुकभरका होटल व्यवसायी वीरेन्द्रनगरमा भेला भएका छन् ।

महाधिवेशनका लागि नेपालभरका ८० हजार होटलको प्रतिनिधित्व गर्दै सात वटै प्रदेशका व्यवसायी सुर्खेत आएका हुन् ।

महासंघले दुई दिने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । महाधिवेशनको उद्घाटन दिउँसो १ बजे कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले गर्ने कार्यक्रम छ । होटल व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष अमृत भुजेलले महाधिवेशनमा सातै प्रदेशबाट एक हजार ५०० भन्दा बढी होटल व्यवसायीको सहभागिता रहने बताए । महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।

अध्यक्ष भुजेलले महाधिवेशन प्रतिनिधिलाई कर्णालीको अर्गानिक खानाको व्यवस्था मिलाइएको बताए । ‘कर्णाली प्रदेश सरकारले अर्गानिक उत्पादनलाई जोड दिएको छ, यस्तो सकारात्मक अभियानको सार्थकताका लागि हामी निजी क्षेत्रको पनि सहयोग हुनुपर्छ’, उनले भने, ‘कोशेलीका रुपमा स्थानीय उत्पादनलाई नै प्रयोग गर्दैछौँ ।’

महासंघ सुर्खेतका पूर्वअध्यक्ष तर्कबहादुर शाहीले कर्णालीको पर्यटन प्रवर्द्धनमा महाधिवेशनले ठूलो टेवा पुर्‍याउने बताए।