२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वडाध्यक्षको नेतृत्वमा गाउँपालिकाको कार्यालयमा तालाबन्दी

अ+ अ-

सप्तरी । सप्तरीको राजगढ गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ । गाउँपालिका अध्यक्ष तथा कार्यपालिकाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै राजगढ गाउँपालिकाका तीन जना वडाध्यक्षको नेतृत्वमा कार्यालयमा तालाबन्दी गरेको हो ।

विकास निर्माणका योजनामा काखापाखा गर्दै अधिकांश गतिविधि नियमविपरीत गरिएको आरोप लगाउँदै वडा नम्बर २ का अध्यक्ष ललितनारायण सिंह, वडा नम्बर ४ का अध्यक्ष हेमनारायण साह र वडा नम्बर ६ का वडाध्यक्ष कमलदेव यादवको नेतृत्वमा कार्यालयमा तालाबन्दी भएको हो ।

गाउँपालिकाले नियमविपरीत काम गरेको र पूर्वाग्रही ढङ्गले योजनाको बाँडफाँट गरेको विषयमा गाउँपालिका अध्यक्ष परमानन्द यादवलाई पटकपटक लिखित आग्रह गर्दासमेत वास्ता नभएपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको वडाध्यक्ष सिंहले बताए ।

आर्थिक वर्ष २०७४/०७५ तथा २०७५/०७६ को आयव्याय सार्वजनिक गर्नुपर्ने लगायतका माग उनीहरूले राखेका छन् । गत पुस २ गते बुझाइएको ज्ञापनपत्रमा गाउँपालिकाका सबै वडाध्यक्षलाई समान व्यवहार नगरेको, कार्यपालिका बैठकका सम्बन्धमा समयमा जानकारी नदिएको, बैठकको निर्णय सार्वजनिक नगरेको, कार्यपालिकाको बैठक पार्टीको बैठकसरह बनाएको आरोप लगाइएको छ ।

विभिन्न चरणमा आयव्यय विवरण पास गर्नुपर्ने भए पनि नियमविपरीत आफूखुशी गरेको, कर्मचारीको तलबभत्ता वितरणमा विभेद गरेको, जथाभावी औषधि खरिद गरी हिनामिना गरेको, विकास निर्माणका काम गर्दा वडाध्यक्षलगायतका स्थानीय जनप्रतिनिधिसमेतलाई जानकारी नदिई आफूखुशी समिति गठन गरेको ज्ञापनपत्रमा उल्लेख छ ।

यसअघि गत मङ्सिर २९ गतेदेखि डाकनेश्वरी नगरपालिकाको कार्यालयमा युवाले तालाबन्दी गरी विरोध प्रदर्शनलाई निरन्तरता दिएका छन् । जनप्रतिनिधि र कर्मचारीको मिलोमतोमा व्यापक भ्रष्टाचार भएको भन्दै युवाले भ्रष्टाचारको छानबिन हुनुपर्ने र दोषीलाई कारवाही हुनुपर्ने माग राखेका छन् ।