२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारी अभावले पूँजीगत खर्च न्यून

अ+ अ-

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदले कर्मचारीको अभावमा विकास निर्माणको काम ठप्प भएको भन्दै तत्काल आवश्यक कर्मचारी खटाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

बैठकको विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद भैरवसुन्दर श्रेष्ठले जिल्लामा बजेट, कार्यक्रम गएको भए पनि प्राविधिक र प्रशासनिक कर्मचारीको अभावमा ती कार्यक्रम सम्पन्न हुन नसकेको बताए ।

‘कर्मचारीको अभावमा अहिलेसम्म कर्णाली प्रदेशको कुल एक प्रतिशतमात्र विकास बजेट खर्च भएको छ’, उनले भने, ‘त्यस्तै संघीय सरकारतर्फ पनि जम्मा २।५ प्रतिशतमात्र पूँजीगत खर्च भएको छ ।’

कर्मचारीको अभावमा ग्रामीण क्षेत्रका विकास निर्माण ठप्प भएको र तत्काल कर्मचारी पठाउन सरकारलाई आग्रह गरे । ‘बजेट छ, तर कार्यान्वयन गर्ने कर्मचारी छैनन्, कसरी समृद्धिको नारा पूरा हुन्छ ?’, सांसद श्रेष्ठले भने, ‘संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्पष्ट निर्देशन देओस्, कर्मचारी पठाउने कुरा कहाँबाट रोकिएको हो, कर्मचारी व्यवस्थापन छिटो होस् ।’

नेकपाका युटोल तामाङ सीमान्तकृत समुदायको राज्यका निकायमा प्रतिनिधित्वका लागि गरिएको आरक्षणको व्यवस्था संविधानमै लेखिएको भएपनि व्यवहारतः कार्यान्वयनमा आउन नसकेको र वर्तमान सरकारले पनि समावेशितालाई स्वीकार गर्न कञ्जुस्याइँ गरेको बताए ।

नेकपाका नन्दा चपाईंले राजधानीको यातायात चाप व्यवस्थापन गर्नेतर्फ सरकारले बेलैमा सोच्नुपर्ने बताइन् । आफू ट्याक्सी चढ्दा ठगिएको गुनासो गर्दै उनले ट्याक्सी चालकको ठगीका कारण जनता मारमा परेको बताइन् । “ट्याक्सी चालकको ठगी नियन्त्रण गर्न कडा कानूनको आवश्यकता छ’, उनले भनिन्, ‘कानून मचेर सवारी साधन चलाउनेलाई तत्काल कारबाही गरियोस् ।’

नेपाली कांग्रेसका प्रकाश पन्थले सरकारको अकमण्र्यताले यो व्यवस्थाप्रति नै जनताको वितृष्णा बढेको भन्दै तत्काल जनताको गुनासो सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए । संसदीय समितिले सरकारलाई दिएको निर्देशन पालना नहुनु दुःखद् भएको उनको भनाइ थियो ।

बैठकको शून्य समयमा नेकपाका उदया शर्मा पौडेल स्थानीय तहको लेखा प्रणालीलाई व्यवस्थित बनाउन तयार गरिएको अनलाइन प्रणाली ह्याकरको कब्जामा परेको तथा नक्कली एटिएम बनाई करोडौँ रुपैयाँ चोरी भएको अवस्थामा यससम्बन्धी प्रविधिलाई भरपर्दो र विश्वासिलो बनाउन सरकारको ध्यानाकर्षण गराए ।

नेकपाका कोमल वलीले साहसिक, कृषि तथा सांस्कृतिक पर्यटनका साथै पाहुनाको स्वागत गर्ने नेपाली संस्कारलाई अर्थतन्त्रसँग जोडेर नै आर्थिक समृद्धिमा फड्को मार्नुपर्ने बताए ।

नेपाली कांग्रेसका तारादेवी भट्टले प्रविधिको विकाससँगै अपराधले विभिन्नस्वरुप ग्रहण गरेको भन्दै आपराधिक गतिविधि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराए । उनले किसानको समस्या समाधान गर्न सरकारले कुनै विलम्ब नगर्न सरकारको ध्यानाकर्षण गराए।