२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल भ्रमण वर्ष : बौद्धमा ‘पर्यटक प्रहरी सूचना केन्द्र’ स्थापन

अ+ अ-

काठमाडौं । उपत्यकाको पर्यटकीयस्थलका रुपमा रहेको बौद्धमा ‘पर्यटक प्रहरी सूचना केन्द्र’ स्थापना गरिएको छ । नेपाल भ्रमण वर्ष शुरु भएसँगै बौद्ध क्षेत्र विकास समितिको सहयोगमा बौद्ध स्तुपाभित्र स्थापना भएको ‘पर्यटक प्रहरी सूचना केन्द्र’को आज काठमाडौँ क्षेत्र नं ३ का सांसद कृष्णबहादुर राईले शुभारम्भ गरे ।

कार्यक्रममा सांसद राईले नेपाल भ्रमण वर्षमा नेपाल आउने विदेशी पर्यटकलाई पर्यटकीय सूचना चाहिएमा केन्द्रले सहयोग गर्ने हुँदा भ्रमण वर्ष सफल बनाउन उक्त केन्द्रको महत्वपूर्ण भूमिका रहेको बताए । ‘पर्यटकलाई चाहिने सूचना दिन केन्द्र कोसेढुङ्गा साबित हुनेछ,’ उनले भने।

नेपाल भ्रमण वर्ष–२०२० लाई लक्षित गरी नेपाल भ्रमणका क्रममा रहेका स्वदेशी तथा विदेशी पर्यटकलाई नेपाल भ्रमणसम्बन्धी विभिन्न सूचना आदान–प्रदान गर्न र विदेशी पर्यटकको उजुरी तथा गुनासो प्राप्त गर्न समुदाय–प्रहरी साझेदारी अवधारणाअनुसार उक्त केन्द्र स्थापना गरिएको पर्यटक प्रहरी इकाइ भृकुटीमण्डपका प्रमुख अमृतबहादुर बस्नेतले जानकारी दिए । उक्त सूचना केन्द्रमा पर्यटक प्रहरी र बौद्ध क्षेत्र विकास समितिका कर्मचारी बस्नेछन् ।